arrow

मोदीसंग अक्षयकुमारले लिए अन्तर्वार्ता, यस्तो गरे खुलासा [भिडियोसहित]

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
modi-akshayakumar.JPG

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू सेनामा जान चाहेको बताएका छन् । बलिउड अभिनेता अक्षय कुमारलाई अन्तर्वार्ता दिँदै उनले आफू सुरुमा सेनामा गएर सेवा गर्न मन भएको बताएका थिए । 

मोदीले आफूले जे सोचेको त्यो गर्न नसकेको बताए । आफूलाई रिस नउठ्ने बताउँदै उनले रिसराग मानिसको जीवनको हिस्सा भएको बताए। उनले १८–२२ वर्षको उमेरमा आफ्नो जहाँ ट्रेनिङ भयो त्यहाँबाट आफूले नकारात्मक भावना रोक्न सकेको बताए। उनको छवि कडक भएको देखिए पनि प्रशासनिक मामलामा आफू कडक भएको तर वास्तवमा त्यो नभएको बताए। 

कुनै बैठकमा रीस भए पनि त्यो केही समयपछि हट्ने बताए। उनले भने, ‘म एउटा टिम बनाएर अगाडि बढ्छु, अनुशासित छु र अरुको अपमान गर्दिन।’ आफू कागज लिएर लेख्न बस्ने र त्यसमा आफूले के गल्ती गरियो भनेर पनि समेट्ने बताए । पुनः लेखेर आफूसंग भएको रीस कागजमा आएर जल्ने पनि उनले बताए।

उनले आफ्नो गरिबीप्रति पनि खोलेका छन् । आफू घरमा आमासंग बस्न नसकेको बताएका छन् । आफूले जिन्दगीको मोह छोडिदिएको भन्दै उनले आमासंग बस्न नसकेको बताए। विरामी भए उनले के गर्छन् ? भन्ने प्रश्नमा मोदीले भने ‘तातो पानी खाने र फास्टिङ गर्ने (पानी मात्र पिउने र खाना नखाने) ।’

आफ्नो कपडाको फेसनबारे उनले भने, ‘सांसद बनुन्जेलसम्म मैले आफैले कपडा धोएँ । ब्यागमा धेरै जग्गा रहने भएकाले मैले थोरै कपडा राख्न थालें । एक कारण यस्तो पनि हुन सक्छ कि गरिबीका कारण सायद बच्चा हूँदा साइकोलोजी पढेको थिएँ होला । भाँडामा कोइला भरेर कपडामा स्त्री गर्थें । जुत्ता थिएनन् । मामाले एक पटक जुत्ता ल्याइदिनु भयो । केही समयपछि त्यो गन्हाउन थाल्दथ्यो । अनि कक्षामा मैले चकका टुक्रा जम्मा गर्दथें र त्यसको टुक्रा जुत्तामा लगाउँथें ।’

आफूले घडी उल्टो लगाउने भन्दै कसैलाई घडी हेर्दा हिनतावोध नहोस् भन्ने उनले बताए । अरुलाई सम्मान गर्न नै घडी उल्टो लगाउने गरेको उनले बताए । उनले भने, ‘घडी मैले लुकीलुकी हेर्नेगर्छु ।’ 

ट्वीटर धेरै हेर्ने र बाहिरका कुराहरु थाहा पाउने भन्दै मोदीले हाँसेर अध्यक्षलाई भने ‘मैले तपाईको र ट्वींकल खन्नाको पनि हेर्नेगर्छु ।’

परिवारप्रति सरकारी बोझ छैन 
मोदीले भने ‘सरकारले मेरो परिवारलाई कसैले पनि केही दिँदैन । सरकारले कुनै पनि खर्च गर्दैन । उपचार खर्च पनि दिँदैन । मेरी आमालाई मैले हैन आमाले अहिले पनि पैसा पठाउनु हुन्छ ।’
 

आफूले आमासंग बस्नका लागि संगै बोलाएको भए पनि आमाले नै यहाँ राखेर किन बन्देज बनाएको भन्दै गाउँमै जान चाहेको बताएपछि गाउँमै पठाएको बताए । आफूले आमालाई समय दिन नसकेको पनि स्वीकारे । 

हँसाउने क्षमता रहेका मोदीले आफू कसैलाई दवाव दिए बिना नै काम गराउने बताएका छन् । आफू मिलेर काम गर्ने भएकाले आसपासका सबैले काम गर्ने बताएका छन् । 

आफू बिहानदेखि रात अवेरसम्म नै काममा रहने भएकाले वरिपरि रहनेहरुलाई पनि काम गर्न प्रेरित गर्ने बताए । 

मोदीले हँसाउने कलाबारे भने, ‘घरमा बुबाले निकालेको घुस्सा शान्त गर्नेदेखि वरिपरिको माहोल बनाउन आधा मिनेटमै हँसाउन सक्ने क्षमता मसंग थियो ।’ उनले अगाडि थपे, ‘तर आजकल मैले बाहिर धेरै त्यस्तो भन्ने गरेको छैन, क्याबिनेटमा भने हँसिमजाक चल्छ, अफिसरहरुलाई चुड्किला पनि सुनाउने गर्छु ।’

अक्षयको प्रश्नमा उनले भने, ‘आफू राजनीतिमा नआएको भए यतिबेला सन्न्यासी पनि हुन सक्थें ।’ मोदीले जीवनमा आफूले निकै संघर्ष गरेको पनि बताए। सांसद बन्नुअघि आफ्नो बैंक खाता नभएको उनले बताए । स्कुलमा हुँदा भने एक बैंकर आएर बैंक खाता खुलाएको भए  पनि त्यसमा पैसा राख्न भने नसकेको बताए । उनले भने, ‘मैले त्यो गाउँ छोडें, ३०–३२ वर्षपछि बैंकर आएर बैंक खाता बन्द गराइदिए ।’

विधायक बनेपछि उनले खाता खोलेका थिए । त्यसमा जम्मा भएको रकम उनले बाँडिदिएका थिए। भएको मध्ये २१ लाख भारु उनले आफ्नो सेक्रेटरी र ड्राइभरलाई उक्त रकम बच्चाहरुलाई पढाउनका लागि रकम दिएका थिए। 

जोक भने, ‘एक पटक रेलवे ट्रेनमा एक प्यासेन्जर सुतेको थियो । जागेर उसले बाहिर सोध्यो यो कुन ठाउँ हो ? अर्को मानिसले ४ आना दिए बताउँछु भन्यो । तब उसले भन्यो जरुरी छैन पक्कै अमहदावाद होला ।’ ‘आफूलाई अराउद्धिन चिराग मिलेमा तिमी जति पनि शिक्षा दिने गर्छौ काम गरेर कमाउ, परिश्रम गर भनेर सिकाउने थिएँ ।’

आफू राजनीतिबाट सन्यास लिएपछि के गर्नुहुन्छ भन्ने प्रश्नमा मोदीले भने, ‘एक मिटिङमा सबै सिनियर थिए मिटिङअघि प्रमोद जीले भने मेरा लागि कठीन छ मलाई केही पनि आउँदैन जे जे जिम्मेवारी लिएँ त्यही मानें । मेरो मनमा पनि कहिल्यै बिचार आएन । मेरो जीवनमा केही न केही मिसन त हुने छ नै । त्यसमै समय गुज्रिने छ ।’

आफू प्रधानमन्त्री बन्ने समय सायद अरु प्रधानमन्त्रीलाई फाइदा भएन आफूलाई भएको उनले बताए । उनले भने, म गुजरातको सबैभन्दा लामो समयसम्म रहेको मुख्यमन्त्री बनें । यहाँबाट नै धेरै सिकें । धेरै कुरा सिकेको थिएँ । देवगौडा साहेब छोटो समय मुख्यमन्त्री हुनु भएको थियो । म लामो समयसम्म रहें । अहिले देशलाई काम आएको छ।’

जम्मा साढे ३ घण्टामात्र किन सुत्नुहुन्छ ? भन्ने अक्षयको जवाफमा उनले भने, ‘सबै स्टाफदेखि राष्ट्रपति ओबामा (अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा) ले पनि त्यही भन्नुभयो । मसंग भेट्दा सबैले त्यही सोध्छन्। तर मलाई साढे ३ घण्टा सुतेपछि पुग्छ । मेरो आँखा खुल्नासाथ खुट्टा भुइँमा पुगिसक्छन् । मैले पहिले सिकेको त्यो १८–२२ वर्षको समयकै कमाल होला।’

आफ्नो कपडाको फेसनबारे उनले भने, ‘सांसद बनुन्जेलसम्म मैले आफैले कपडा धोएँ । ब्यागमा धेरै जग्गा रहने भएकाले मैले थोरै कपडा राख्न थालें। एक कारण यस्तो पनि हुन सक्छ कि गरिबीका कारण सायद बच्चा हूँदा साइकोलोजी पढेको थिएँ होला । भाँडामा कोइला भरेर कपडामा स्त्री गर्थें। जुत्ता थिएनन् । मामाले एक पटक जुत्ता ल्याइदिनु भयो । केही समयपछि त्यो गन्हाउन थाल्दथ्यो । अनि कक्षामा मैले चकका टुक्रा जम्मा गर्दथें र त्यसको टुक्रा जुत्तामा लगाउँथें।’

आफूले घडी उल्टो लगाउने भन्दै कसैलाई घडी हेर्दा हिनतावोध नहोस् भन्ने उनले बताए । अरुलाई सम्मान गर्न नै घडी उल्टो लगाउने गरेको उनले बताए । उनले भने, ‘घडी मैले लुकीलुकी हेर्नेगर्छु।’ ट्वीटर धेरै हेर्ने र बाहिरका कुराहरु थाहा पाउने भन्दै मोदीले हाँसेर अध्यक्षलाई भने ‘मैले तपाईको र ट्वींकल खन्नाको पनि हेर्नेगर्छु ।’

परिवारप्रति सरकारी बोझ छैन 
मोदीले भने ‘सरकारले मेरो परिवारलाई कसैले पनि केही दिँदैन । सरकारले कुनै पनि खर्च गर्दैन । उपचार खर्च पनि दिँदैन । मेरी आमालाई मैले हैन आमाले अहिले पनि पैसा पठाउनु हुन्छ ।’

आफूले घरका सबै जनाको कपडा धुने गर्ने पनि मोदीले बताए। आफूले कहीं पनि भाषण गर्दा कागजमा लेखेको नपढ्ने भन्दै मोदीले संयुक्त राष्ट्रसंघमा सन् २०१४ को सेप्टेम्बरमा बोलेको भाषण लिखित भएकाले पढ्न निकै कठिन भएको बताए। उनले नेपालमा बोलेको भाषण अहिले पनि चर्चित भएको बताए । (सम्भवतः उनले संसदमा पानी र जवानीको बखान गरेको भाषण हुनुपर्छ)।

चिया बेच्ने बारे उनले भने, ‘जब मैले चिया बेच्थें धेरै मानिससंग मिल्थें । मेरो गाउँमा ट्रेन कम आए पनि मालबाहक गाडी बढी आउँथे । दूधवाला पनि गाउँमा आउँथे । एक जना आयो भने तीन चार दिन बस्थे । उनीहरुसंग बस्दा हिन्दी सिक्थें । मलाई कल्चर पनि आयो भाषा पनि आयो । हिन्दी गीत पनि सिक्थें ।’ 

मोदीले अक्षयकुमारसंग एक घण्टाभन्दा बढी समय कुरा गर्दा उनले आफू कहिले पनि प्रधानमन्त्री बनुँला भन्ने नलागेको बताए। चुनावका बेलामा उनको जीवनी अक्षयले छर्लङ्ग बाहिर ल्याउन मद्धत गरेका हुन्। 


 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ