- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अप्रिल २४ तारिख क्रिकेटको दुनियाँमा खास दिन हो । भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकरको जन्मदिन ।
क्रिकेटका भगवानको उपमा पाएका सचिन रमेश तेन्दुलकरको जन्म सन् १९७३ अप्रिल २४ तारिखमा मुम्बईमा भएको थियो ।
उनी ४६ वर्षका भएका छन् । उनको निकनेम लिटिल मास्टर र टेन्डिया हो ।
टेष्ट क्रिकेटमा २०० खेल खेदै ५३.७८ को औसतमा ५१ सतक र ६८ अर्धसतकको मद्धतले १५,९२१ रन बनाएका छन् ।
त्यसैगरी उनले एक दिवसीयमा खेलेका ४६३ खेलमा ४४.८३ को औसतमा ४९ सतक र ९६ अर्धसतकसहित १८४२६ रन बनाएका छन् ।
त्यस्तै टी–२० मा एक खेलमात्र खेलेका सचिनले केवल राष्ट्रका लागि १० रन दिलाएका थिए ।
बलिङतर्फ उनले टेष्टमा ४६ (उत्कृष्ट १४ रन खर्चेर ३ विकेट), एक दिवसीयमा १५४ (उत्कष्ट ३२ रन खर्चेर ५ विकेट) र टी–२० मा एक विकेट लिएका छन् ।
सचिनले सन् १९८९ मा पाकिस्तान विरुद्धको खेलबाट एकदिवसीय र टेष्टमा डेब्यु गरेका थिए ।
सचिनका नाममा धेरै विश्व कीर्तिमान रहेका छन् । उनी क्रिकेटमा सतकमा सतक बनाउने एक्ला खेलाडी हुन् ।
भारतीय क्रिकेट क्रेजी फ्यानहरु सचिनलाई भगवानजस्तै पूजा गर्ने गर्छन् । व्यक्तिगत जीवनमा समेत निकै सुसज्जित सचिन अनुशासित खेलाडी मानिन्छन् ।
उनले विभिन्न सामाजिक काम पनि गरेका छन् । उनी भारतका सम्मानित मनोनित सांसद पनि भएका थिए ।