arrow

पहिलोपटक गल्तीले पत्रिकामा छापिएको थियो सचिन तेन्दुलकरको नाम

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
sachin-hattangadi.jpg

काठमाडौं । भारतमा क्रिकेटका भगवान् मानिने सचिन तेन्दुलकर आज आफ्नो ४६ औं जन्मदिन मनाउँदैछन् । उनको विषयमा सबैजसो कुरा धेरै मानिसलाई थाहा छ । तर, धेरै कम मानिसलाई मात्र थाहा छ कि पत्रिकामा सचिनको नाम पहिलोपटक गल्तीले छापिएको थियो ।
 
सन् १९८७ मा जब सचिनले आफ्नो करियर शुरु गरेका थिए, त्यतिबेला मुम्बईका पत्रिकाले ३० रनभन्दा कम रन बनाउने खेलाडीको नाम रिपोर्टमा नछाप्ने नियम बनाएका थिए ।

त्यसैक्रममा सचिनले एक खेलमा २४ रन बनाएका थिए । उनले त्यति रन बनाउँदा उनको टोलीले जितेको थियो । त्यसकारण उनलाई थप रन बनाउने मौका मिलेन । स्कोर बनाउने मानिसले एक्स्ट्राको रन पनि सचिनको खातामा जोडिदिए । यससँगै सचिनको रन ३० भन्दा बढी भयो र उनको नाम पत्रिकामा छापियो ।

टोलीले जितेको कारण कसैले पनि यस विषयमा ध्यान दिएनन् । तर, सचिन निकै खुसी भएका थिए । त्यसपछि उनले क्रिकेट करियरमा कहिल्यै पनि पछाडि फर्केर हेर्नु परेन । उनले क्रिकेटमा अन्य कुनै पनि खेलाडीको नपाएको सफलता हासिल गरेका थिए ।

सचिनले पाकिस्तानविरुद्ध सन् १९८९ नोभेम्बर १५ मा पाकिस्तानविरुद्धको टेस्टमा डेब्यु गरेका थिए । त्यतिबेला उनको उमेर १६ वर्ष २ सय ५ दिन थियो । उनले आफ्नो करियरमा २ सय टेस्ट खेलेका थिए ।

करियरमा सबैभन्दा बढी टेस्ट खेल्ने कीर्तिमान सचिनको नाममा छ । उनले टेस्ट क्रिकेटमा १५ हजार ९ सय २१ रन बनाएका छन् । जसमा सबैभन्दा उच्च स्कोर नटआउट २ सय ४८ रनको छ । टेस्टमा पनि उनी सबैभन्दा बढी शतक बनाउने खेलाडी हुन् । उनको नाममा ५१ शतक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ