arrow

नेपालद्वारा मलेशियासामु १४२ रनको चुनौती

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौँ ।  एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ ।

थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनायो ।

नेपालका लागि आशीष भट्टराईले सर्वाधिक ३४ रनको योगदान दिए भने विशालविक्रम केसीले २८, दीपक बोहोरा र अर्जुन कुमालले समान १६÷१६ तथ सुवास ऐरले ११ रन जोडे ।

 बलिङतर्फ मलेसियाका सिद्धार्थ कार्तिकले चार तथा लुकम्यान नुर हाकिम सहरले दुई विकेट झारे । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई सात विकेटले पराजित गरेको थियो ।

 १४२ रनको विजय लक्ष्य पच्छाएको मलेशिया अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ