arrow

यस्तो अवस्थामा मन दबाएर बस्छन् मोदी

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
modi-akshaya1.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो रिसलाई नियन्त्रण गर्ने उपायका बारे बताएका छन् । लोकसभा निर्वाचनको प्रचारका बीचमा अभिनेता अक्षय कुमारलाई दिएको अन्तर्वार्तामा नरेन्द्र मोदीले यस्तो बताएका हुन् । अन्तर्वार्तामा अक्षयकुमारले प्रधानमन्त्रीलाई रिस उठ्छ कि उठ्दैन भनी प्रश्न गरेका थिए ।

मोदीले जवाफमा रिस उठ्नु प्राकृतिक नियम रहेको र आफूलाई पनि रिस उठ्नु नौलो कुरा नभएको बताए । उनले आफ्नो १८ देखि २२ वर्षको उमेरमा आफूलाई ईश्वरले जुन राम्रो कुरा हो, त्यसलाई बल दिएर कसरी अघि बढ्नुपर्छ भन्ने कुराको पाठ सिकाएको बताए ।
 
उनले आफूलाई मुख्यमन्त्री देखि प्रधानमन्त्रीसम्म आइपुग्दा कसैसँग पनि रिसाउनुपर्ने अवस्था नआएको बताए ।

मोदीलाई कठोर प्रशासकको रुपमा बाहिर चिनिने गरेकोमा सोधिएको प्रश्नमा उनले आफू कठोर र अनुशासित रहेको तर कसैलाई कमजोर देखाएर अपमान गर्ने काम भने नगर्ने बताए ।

मोदीलाई साँच्चै रिसाउनुहुन्न ? भनी गरिएको प्रश्नमा उनले आफूलाई रिस उठ्ने तर मनमा नै दबाएर राख्ने गरेको बताए । उनलले आफूलाई कहिलेकाँही रिस उठ्दा आफूले रिस उठ्नुका घटनाहरु क्रमबद्ध बनाएर लेख्ने गरेको र आफू कतिसम्म गलत वा सही छु भन्ने कुराको निक्र्योल गर्ने गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ