arrow

इजिप्ट जनमतसंग्रहः राष्ट्रपतिको कार्यकाल बढाउने प्रस्ताव अनुमोदन

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
egypt2.jpg

कायरो । इजिप्टमा सम्पन्न पछिल्लो जनमतसंग्रहले राष्ट्रपति अब्देल फताह अल–सिसीको कार्यकाल बढाउने प्रस्तावलाई प्रचण्ड बहुमतले अनुमोदन गरेको छ ।

इजिप्टको निर्वाचन आयोगका प्रमुख लाशिन इब्राहिमका अनुसार संशोधन प्रस्तावको पक्षमा ८८.८३ प्रतिशत र विपक्षमा ११.१७ प्रतिशत मत खसेको थियो ।

इजिप्टका राष्ट्रपतिको शासनकाल लम्ब्याउने प्रस्ताव सहितको संविधान संशोधन प्रस्तावमाथिको जनमतसंग्रहका लागि शनिबारदेखि तीन दिने मतदान भएको थियो ।

जनमतसंग्रहले संविधान संशोधन प्रस्ताव पारित गरेका कारण राष्ट्रपति अल–सिसीको वर्तमान कार्यकालमा दुई वर्ष थप गरी सन् २०२४ सम्म पुग्नेछ भने त्यसपछि छ वर्षे कार्यकालका लागि उनि पुनः उम्मेदवार हुन पाउनेछन् ।

निर्वाचन परिणाम प्राप्त भएसँगै राष्ट्रपति सिसीले ट्वीट गर्दै आमजनताप्रति आभार व्यक्त गरे । चुनावमा करिब दुई करोड ७० लाखले मतदान गरेका थिए तर यसपटक करिब ४४ प्रतिशत मात्र मतदान भएको थियो ।एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ