arrow

म्यानचेस्टर डर्बीमा लिभरपुल उत्साहित

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
Mancester-derby.jpg

काठमाडौं। प्रिमियर लिग फुटबलमा म्यानचेस्टर डर्बीको नामले चिनिने म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटी बिच हुने खेलको नतिजाले लिग उपाधि र अर्को सत्रमा च्याम्पियन्स लिग खेल्ने टोलीको निर्धारणको पहिलो चरण पार हुनेछ ।

सिटीले जितेमा उपाधि होडका लागि बाँकी तीन खेल जिते स्वत पहिलो हुनेछ भने युनाईटेडले जिते भने चौथो स्थानका लागि प्रतिस्पर्धा खुल्ला हुनेछ। हुनत: फुटबल आफेमा अनिश्चितताले भरिएको खेल हो। हरेक नयाँ दिन नयाँ खेलका रुपमा लिईन्छ । पुरानो प्रदर्शनले खास भिन्नता नराख्ने मानिन्छ । तर जितिरहेको टोलीमा हुने आमबिश्वास र पराजित टोलीमा हुने आत्मबिश्वासले नतिजामा भने फरक पार्छ ।

दुई म्यानचेस्टर शहरका टोली बिचको खेलमा सबैभन्दा बढि उत्साहित कुनै टोली छ भने त्यो लिभरपुल हुनेछ । युनाईटेडको पक्षमा नतिजा आउनु वा नतिजा बराबरीमा ङगिनु दुवैमा लिभरपुललाई फाईदा रहेको छ । उसको लामो समय पछि उपाधि जित्ने आशामा एक ईट्टा थपिने छ।

हुनत: तीन खेल बाँकी रहँदा यसै भन्न सकिन्न तर पनि अंक तालिकामा प्रथम हुँदा हुने आत्मबिश्वासले दिनै आत्मबलले बाँकी तीन खेलमा सकरात्मक नतिजा ल्याउन लिभरपुललाई मदत गर्नेछ ।

अंक तालिकामा पहिलो स्थानमा रहेको लिभरपुलको ३५ खेलमा ८८ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ८६ अंक रहेको छ। युनाईटेड बिरुद्ध जित हासिल गरेमा सिटी पुन: एक अंकको अग्रताका साथ पहिलो स्थानमा पुग्ने छ।

यसैगरि टोटेनह्याम हटस्पर्स ३५ खेलमा ७० अंक सहित तेस्रो स्थानामा रहेको छ भने चौथो स्थानमा चेल्सी ३५ खेलमा ६७ अंक सहित रहेको छ। पाँचौं स्थानमा रहेको आर्सनलको ३४ खेलमा ६६ अंक रहेको छ भने युनाईटेडको ३४ खेलमा ६४ अंक रहेको छ।

आर्सनलले उल्व्ससँग आफ्नो ३५औ खेल खेल्ने छ । आर्सनल ३४औं खेलमा क्रिस्टल प्यालेससँग पराजित भएको थियो। हसको पराजयसँगै चौथो स्थानका लगि पर्तिस्पर्धा खुल्ला भएको छ। युनाईटेडलाई पनि चौथो हुन सक्ने संभावनाले डर्बीमा जितका लगि केल्नु पर्ने बाध्यता रहेको छ।

दोस्रो स्थानमा रहेको लिभरपुलका लागि डर्बीमा युनाईटेडले सिटीलाई पराजित गर्नु सुखद नतिजा हुनेछ भने सिटीका लागि एउटा दुखद समय  हुनेछ । उपाधिको नजिक आईपुगेपछि लिभरपुलको हारको चाहान गर्नु पर्ने हुन्छ । बराबरी नतिजा पनि सिटीका लागि उतिकै दुखद हुनेछ । बराबर भएमा एक अंकले सिटी लिभरपुल भन्दा पछि पर्नेछ ।

पुराना तथ्याङ्कहरुलाई हेर्ने हो भने डर्बीमा युनाईटेडले धेरै खेल जितेको छ। प्रिमियर लिगमामात्र युनाईटेडले सिटी बिरुद्ध खेलेको १ सय ४७ खेलमा ५६ खेल जितेको छ भने ४७ खेल बराबर नतिजा र ४४ खेल पराजित भएको छ।

आफ्नो घरेलु मैदानमा युनाईटेडको नतिजा अझ राम्रो देखिन्छ । युनाईटेडले सिटी बिरुद्ध घरेलु मैदानमा खेलिएको ७३ खेलमा ३० खेल जितेको छ र २३ खेल बराबरी नतिजा ल्याएको छ। युनाईटेड यो सत्र आफ्नो घरेलु मैदानमा लगातार १४ खेलमा अपराजित रहेको  छ । उल्ले ९ खेल जितेको छ भने ५ खेलमा बराबरी नतिजा ल्याएको छ।

सिटी बिरुद्धको महत्वपुर्न डर्बी पनि युनाईटेडको घरेलु मैदानमा हुँदैछ । पहिलो लेगमा सिटीको घरमा ३-१ले पराजित युनाईएटेडले आफ्नो पुरानो साख जोगाउनका लागि भए पनि जित आवश्यक देखिएको छ।

अहिले अंक तालिकाको स्थिती हेर्दा युनाईटेडलाई अर्को सत्र च्याम्पियन्स लिग खेल्नका लगि पनि जित आवश्यक देखिएको छ भने सबैभन्दा बढी जितको चाहान लिभरपुलले राखेको छ । लिभरपुलका समर्थकहरु युनाईटेडको पक्षमा हुने निश्चित छ । लिभरपुलका खेलाडीहरु पनि युनाईटेडको पक्षमा रहने छन्।

खेलमा जितहारलाई सामान्य रुपमा लिने गरिएता पनि म्यानचेस्टर डर्बीले धेरै नतिजा र स्थानमा उतार चढाव गर्ने भएकोले बिश्वभरका प्रिमियर लिग प्रशंसकहरुको ध्यान डर्बीमा रहनेछ । लगातार राम्रो खेल खेलिरहेको सिटीको आत्मबिश्वास र खराब समयबाट हिडिरहेको युनाईटेडको खेलमा युनाईटेड पुन: लयमा फर्किने छ वा सिटीको आफ्नो लयमा कायम रहनेछ निर्धारण गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ