arrow

भाजपाका सांसद उदित राज काङ्ग्रेसमा प्रवेश

logo
सिन्ह्वा,
प्रकाशित २०७६ वैशाख ११ बुधबार
udit-raj-joins-congress.jpg

नयाँ दिल्ली। सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का सांसद उदित राज विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन्। काङ्ग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले उनलाई बुधबार आयोजित एक कार्यक्रमबीच आफ्नो पार्टीमा स्वागत गरेका छन्। उदितले पार्टी परिवर्तन गरेपछि ट्विटरमा लेखेकाछन्, “आजदेखि म काङ्ग्रेस पार्टीमा आबद्ध भएको छु, यो अवसरका लागि पार्टी अध्यक्ष राहुल गान्धीलाई म धन्यवाद दिन चाहन्छु।”

काङ्ग्रेस पार्टीले पनि आफ्नो आधिकारिक माध्यममार्फत भाजपा सांसद उदित आफ्नो पार्टीमा प्रवेश गरेको फोटो सार्वजनिक गरेको छ। दिल्ली निर्वाचन क्षेत्रबाट भाजपाले उम्मेदवार बन्न नदिएपछि उदित काङ्ग्रेस प्रवेश गरेको समाचारमा जनाइएको छ। दलित समुदायबाट राजनीतिक नेता बनेका उदितले सन् २०१४ को निर्वाचनमा भाजपाकै तर्फबाट जित हासिल गरेका थिए।

आफूलाई पार्टीले उम्मेदवार नबनाएमा आफूले पार्टी परित्याग गर्ने उनले यसअघि नै चेतावनी दिँदै आएका थिए। यसअघि भाजपाबाट उम्मेदवार बन्नुभन्दा केही समयअगाडि उनले आफ्नो पार्टी भारतीय न्यायिक पार्टीलाई भाजपामा विलय गराउनु भएको थियो।

भारतमा लोकसभाको निर्वाचन भइरहेकाले विभिन्न नेताहरुले पार्टी परिवर्तन गर्ने क्रम तीव्र भएको छ। सात चरणमा हुने निर्वाचन यही अप्रिल ११ मा शुरु भएको हो भने आउँदो मे १९ तारिखमा सकिने तय गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ