arrow

अनुष्काका पति कोहलीले जित्दा भड्किइन् प्रीति जिन्टा 

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
preety-jinta1.jpg

काठमाडौं । आईपीएल टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले किङ्स ११ पन्जाबलाई पराजित गरेको छ । बुधबार राति बैंगलुरुमा भएको खेलमा घरेलु टोली बैंगलोरले पन्जाबलाई १७ रनले पराजित गरेको हो ।  

बैंगलोरले दिएको २०३ रनको लक्ष्यसहित ब्याटिङ गरेको पन्जाबले ७ विकेटको नोक्सानीमा १८५ रन मात्र बनाउन सक्यो । 

निकोलस पुरनले ४६, लोकेश राहुलले ४२, मायांक अग्रवालले ३५, डेभिड मिल्नरले २४ तथा क्रिस गेलले २३ रन बनाए । उमेश यादवले ३ तथा नाभिद सइनीले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ४ विकेटको नोक्सानीमा २०२ रन बनाएको थियो । 

८१ रन जोड्दा ४ विकेट गुमाइसकेको अवस्थामा एबी डे भिलियर्स र मार्कस स्टोनिसले उद्दार गरेका हुन् ।

पाँचौं विकेटका लागि नटआउट १२१ रनको साझेदारी गर्ने क्रममा भिलियर्सले ७ छक्का र ३ चौकाको मद्धतले ८२ रन बनाए । स्टोनिसले ३४ बलमा ४६ रन बनाए । 

योसंगै बैंगलोरले पन्जाबलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । यसअघि सिजनको पहिलो भेटमा बैंगलोरले पन्जाबलाई ८ विकेटले हराएको थियो । 

जितसंगै बैंगलोर सातौं स्थानमा उक्लिएको छ । बैंगलोरले ११ खेलबाट ८ अंक जोडेको छ ।

यता पराजित भएपछि बलिउड अभिनेत्री प्रीति जिन्टा भड्किएकी छिन् । बलिउडकी अर्की अभिनेत्री अनुष्का शर्माका पति विराट कोहलीले नेतृत्व गरेको बैंगलोरसंग लगातार दोस्रो खेलमा पराजित भएपछि प्रीति भड्किएकी हुन् । 

लिगमा ११ खेलबाट १६ अंकसहित चेन्नाइ सुपर किंगस शीर्ष स्थानमा छ । सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सको १४, मुम्बई इन्डियन्सको १२ तथा सनराइजर्स हैदराबाद र पन्जाबको १० अंक रहेको हो । 

कोलकाता नाइट राइडर्स र बैंगलोरको ८ अंक भएको छ भने राजस्थान रोयल्स ६ अंकबाट पुछारमा धकेलिएको छ । 

पन्जाबकी मालिक प्रीतिले हरेक खेलमा मैदानमा गएर खेलाडीहरुलाई उत्साह थप्ने काम गरिरहेकी हुन्छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ