काठमाडौं । भारतस्थित दक्षिण कश्मीरको अनन्तनाग जिल्लाको बिजबेहरामा बिहीबार बिहानै मुठभेड भएको छ ।
सुरक्षाकर्मीसंगको मुठभेडका क्रममा दुई आतंकवादी मारिएका छन् । बागेन्दर क्षेत्रमा केही आतंकवादी लुकेर बसेको सुचना पाएको आधारमा सुरक्षाबलले सर्च अप्रेशन चलाएको थियो ।
चुनावमा अवरोध बनाउन उनीहरु लुकेर बसेको सुचना पाएपछि सुरक्षा फौजले आक्रमण गरेको न्यूज एजेन्सीले जनाएको छ ।
मारिने आतंकवादीमा सफदर अमीन भट र बुरहान अहमद गनी रहेको सुरक्षाकर्मीले बताएका छन् ।
आतंकवादीहरुको साथमा एक एके राइफल र एक एसएलआर रहेको सुरक्षाकर्मीले जनाएको छ ।
विगत चार महिनामा उक्त क्षेत्रमा ७१ जनाको मृत्यु भएको छ । १२ जना पक्राउ परेका छन् ।
फेब्रुअरी १४ तारिखमा पुलवामा हमला भएको ६८ दिनसम्म थप ४१ जना आतंकवादी मारिइसकेका छन् ।
गत वर्ष सेना र पुलिसले २७२ आतंकवादी उक्त क्षेत्रबाट मारेको थियो । पछिल्लो तीन महिनामा मारिने आतंकवादीमा १३ पाकिस्तानी हुन् ।