arrow

कश्मीरमा फेरि मुठभेड

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
kashmir-security.jpg

काठमाडौं । भारतस्थित दक्षिण कश्मीरको अनन्तनाग जिल्लाको बिजबेहरामा बिहीबार बिहानै मुठभेड भएको छ । 

सुरक्षाकर्मीसंगको मुठभेडका क्रममा दुई आतंकवादी मारिएका छन् । बागेन्दर क्षेत्रमा केही आतंकवादी लुकेर बसेको सुचना पाएको आधारमा सुरक्षाबलले सर्च अप्रेशन चलाएको थियो । 

चुनावमा अवरोध बनाउन उनीहरु लुकेर बसेको सुचना पाएपछि सुरक्षा फौजले आक्रमण गरेको न्यूज एजेन्सीले जनाएको छ । 

मारिने आतंकवादीमा सफदर अमीन भट र बुरहान अहमद गनी रहेको सुरक्षाकर्मीले बताएका छन् । 

आतंकवादीहरुको साथमा एक एके राइफल र एक एसएलआर रहेको सुरक्षाकर्मीले जनाएको छ । 

विगत चार महिनामा उक्त क्षेत्रमा ७१ जनाको मृत्यु भएको छ । १२ जना पक्राउ परेका छन् । 

फेब्रुअरी १४ तारिखमा पुलवामा हमला भएको ६८ दिनसम्म थप ४१ जना आतंकवादी मारिइसकेका छन् । 

गत वर्ष सेना र पुलिसले २७२ आतंकवादी उक्त क्षेत्रबाट मारेको थियो । पछिल्लो तीन महिनामा मारिने आतंकवादीमा १३ पाकिस्तानी हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ