arrow

नरेन्द्र मोदी वाराणसीको चार घण्टे रोड शोमा

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
modi10.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दिउँसो वाराणसीमा रोड शो गर्दै गर्दैछन् । शुक्रबार उम्मेदवारी दर्ता गराउनुअघि बिहीबार उनले चार घण्टा लामो रोड शोमा भाग लिनेछन् । 

बिहीबार दिउँसो वाराणसी पुग्ने मोदीले लंकास्थित मालवीय प्रतिमामा माल्यापर्ण गरिने भएको छ । त्यसपछि उनी दशाश्वमेधघाटसम्म रोड शो गर्नेछन् र त्यहाँ गंगा आरती पनि हुनेछ । 

उनी जुन जुन मार्गमा बिहीबार रोड शोमा हिँड्ने छन् त्यहाँ फूलको वर्षा हुने भएको छ । उक्त स्थान निकै सजाइएको छ । 

झण्डा बाँडिएको छ । त्यो इलाकामा मोदी–मोदी नामबाट गुन्जिने गरी तयारी गरिएको स्थानीय भाजपाले जनाएको छ । रोड शोमा मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुनेछन् । रोड शोपछि उनी गंगा आरतीमा सामेल हुनेछन् । 

सन् २०१४ को लोकसभा निर्वाचनमा पनि उम्मेदवारी दर्ता गराउनु भन्दा अगाडि गंगा आरतीमा सामेल भएका थिए । 

भाजपाले पूरै तागत लगाउने जनाएको छ । रोड शोपछि मोदीले राति शहरका प्रबुद्धवर्गसंग क्याटोन्मेन्टस्थित होटल डि पेरिसमा छलफल तथा रात्रिभोजन गर्नेछन् । 

शुक्रबार बिहान नगर देवता काल भैरवको आशीर्वाद लिएर मोदी उम्मेदवारी दर्ता गराउन जानेछन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ