arrow

व्यापार सम्झौताले किन अन्त्य गर्न सक्दैन अमेरिका–चीनको द्वन्द्व ?

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
US-China-trade-war.jpg

एजेन्सी। चीन र अमेरिका नयाँ व्यापार सम्झौताको माध्यमबाट उनीहरुको बीचमा देखिएको अहिलेको द्वन्द्व हटाउने विषयमा छलफल जुटिरहेका छन्। तर, व्यापार सम्झौताले पनि दुई देशबीच द्वन्द्वको अन्त्य भने नहुने देखिएको छ। 

विश्वका प्रमुख दुई आर्थिक मुलुकको बीचमा व्यापारयुद्ध चलिरहेको छ। यसले दुई मुलुकको मात्र नभई समग्र विश्वको अर्थतन्त्र नै प्रभावित बन्न पुगेको छ। धेरैले भने अमेरिका–चीन व्यापारयुद्धले व्यापारिक क्षेत्रमा सुधार आएको बताएका छन्। यो विषयमा जोडिएको शक्ति संघर्षलाई प्रतिनिधित्व गर्छ। सम्झौता गर्ने वा नगर्ने भन्ने द्वन्द्व केवल बढ्दै जाने र यसलाई समाधान गर्न निकै कठिन हुनसक्छ।

परामर्शदाता कम्पनी युरासिया ग्रुपका एसिया निर्देशक माइकल हिर्सनले भने, ‘हामी नयाँ धारमा प्रवेश गरेका छौं, जहाँ अमेरिका–चीनको भू–राजनैतिक प्रतिस्पर्धा बढ्ने र यो थप जटिल बन्नपुग्ने अवस्था देखिएको छ।’ ‘व्यापार सम्झौताले अमेरिका–चीनको शक्ति संघर्षको एउटा चरणलाई साम्य गराउनेछ, तर यसको प्रभाव सीमित हुनेछ र अस्थायी हुनेछ’, उनले भने। 

अमेरिका–चीन द्वन्द्वको अर्को चरण प्रविधिको क्षेत्रमका हुनसक्ने विश्लेषकहरु बताउँछन्। अहिले दुवै मुलुक आफूलाई प्रविधिको नेतृत्व गर्ने मुलुकको रुपमा उभ्याउन चाहन्छन्। प्रविधिको ट्रान्सफरको मुद्दा दुई मुलुकबीचको व्यापार वार्ताको प्रमुख विषय बन्न पुगेको छ। ‘पत्येक मुलुक आफ्नो समृद्धि, सम्पत्ति, आर्थिक सुरक्षा, सैन्य सुरक्षालगायतका क्षेत्रलाई प्राविधिसँग जोडिरहेका छन्’, विश्व व्यापार परामर्शदाता संस्था हिन्रिच फाउण्डेशनका शोधकर्ता स्टेफेन ओल्सनले बताए। 

प्रविधिको लडाइँ
धेरै मानिसहरु अमेरिका–चीन प्रविधिको लडाइँ यसअघि नै शुरु भइसकेको बताउँछन्। साथै, यसको केन्द्रमा चिनियाँ प्रविधि कम्पनी हुवावेई छ। अहिले हुवावेईमाथि अन्तरराष्ट्रियरुपमा अनुसन्धान जारी छ। अमेरिका र अन्य मुलुकले उसका उत्पादनमा राष्ट्रिय सुरक्षाको जोखिम रहेको बताउँदै आएका छन्। अमेरिकाले संघीय निकायहरुलाई हुवावेईका उत्पादनको प्रयोगमा रोक लगाएको छ। साथै उसले आफ्ना सहयोगी मुलुकलाई पनि हुवावेईका उत्पादन प्रयोग नगर्न प्रेरित गर्दै आएको छ। 

अष्ट्रेलिया र न्युजिल्याण्डले हुवावेईको पाँचौं पुस्ताको इन्टरनेट ५ जीका उत्पादनमा रोक लगाउने निर्णय गरिसकेका छन्। तर, हुवावेईले भने चीनको सरकारसँग कुनै सम्बन्ध नरहेको बताउँदै आएको छ। यसका संस्थापक रन चनफईले गत फेब्रुअरीमा हुवावेई कहिल्यै पनि जासुसीका गतिविधिमा संलग्न नरहेको बताएका थिए।

यो विवाद गत डिसेम्बरमा हुवावेईका संस्थापक चनफईकी छोरी तथा कम्पनीकी वित्तीय प्रमुख मङ वान्चाउ पक्राउ परेसँगै देखिएको हो। हुवावेईले त्यसका लागि सार्वजनिक सम्बन्ध राम्रो बनाउन पनि लागिपरेको देखिन्छ। यसका लागि उसले वाल स्ट्रिट जर्नलमा पूरा पेजको विज्ञापन प्रकाशित गर्दै अमेरिकीहरुलाई सुनेको कुरामा विश्वास नगर्न सुझाएको थियो। 

हुवावेईको विषयमा देखिएको विवाद पछिल्लो समय दुई मुलुकको बीचमा बढिरहेको भू–राजनैतिक प्रतिस्पर्धाको लक्षण रहेको हिर्सन बताउँछन्। ‘यो प्रतिद्वन्द्व वास्तविक व्यापारिक मुद्दाको तुलनामा समाधान गर्नु निकै कठिन छ। 

यसलाई कसरी बुझ्न सकिन्छ ?
चीनको प्रभाव विश्वभर बढेसँगै पछिल्लो समय अमेरिकाको चीनप्रतिको चासो पनि बढेको छ। चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिशिएटिभ (बीआरआई), मेड इन चाइना २०२५ को योजना र हुवावेई, अलिबाबाजस्ता कम्पनीको उल्लेख्य विस्तारले चीनप्रतिको अमेरिकाको डर बढेको हो। 

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले गत अक्टोबरमा चीनले विस्तृत सहकार्य भन्दा पनि आर्थिक आक्रमणको नीतिमा जोड दिएको बताएका थिए। उनले चीनले पश्चिमा व्यापारिक मोडलको प्रयोग गर्दै चीनको व्यापार मुलुकको प्रणालीमा चलिरहेको विश्वास गर्न सकिने बताएका थिए। परामर्शदाता कम्पनी कन्ट्रोल रिस्कका विश्लेषक निर्देशक एन्ड्र्यु गिल्होल्मले चीन पछिल्लो समय आफ्नो महत्वाकांक्षामा अडिग देखिएको बताएका छन्। त्यसैले चीनले पश्चिमा प्रजातान्त्रिक पद्धतिको कहिल्यै पनि अनुशरण नगर्ने उनको बुझाइ छ। केही विश्लेषकहरु दुई मुलुकबीच यस किसिमको द्वन्द्व आवश्यक रहेको बताउँछन्। 

दुई राष्ट्रबीच देखिएको फरक किसिमको प्रणालीले विश्व अर्थतन्त्रलाई सही स्थानमा ल्याउने उनीहरुको भनाइ छ। साथै अहिलेका प्रमुख शक्ति मुलुकहरुका लागि यस किसिमको द्वन्द्व नौलो भने होइन। इतिहासमा सामान्यरुपमा नै यस किसिमको द्वन्द्व चल्दै आएको पाइन्छ। ओल्सनले विश्वका प्रमुख आर्थिक मुलुकहरु फरक नियमको व्यापारिक खेल खेलिरहेको बताउँछन्। 

के भइरहेको छ ? 
अहिले प्रविधिको होड चलिरहेको छ। यस्तोमा विश्लेषकहरुले अमेरिकाले चीनमाथि लगाएको अतिरिक्त महशुल घटाउनसक्ने बताएका छन्। अमेरिकामा चीनको लगानीमा रोक लगाउँदा यसले अमेरिकी कम्पनीको चीनमा प्रविधि निर्यातमा समस्या आउनसक्ने देखिन्छ। साथै यसले सबै चिनियाँ कम्पनीका सामग्रीमाथि दबाब बढाउन सक्छ। तर, यस किसिमका सामग्रीहरु अमेरिकाका लागि पनि फलदायी हुन सक्छन्। हिर्सनका अनुसार बजारमा विना कुनै अतिरिक्त महशुलको असर अतिरिक्त महशुलको जति पर्दैन। 

विश्व व्यापार 
अमेरिकाले गत वर्ष ल्याएको नयाँ नियमले यसको निर्धारण गर्नसक्ने देखिएको छ। गत वर्ष अमेरिकाले ल्याएको नियमले अमेरिकाको सरकारको पुनर्विचारको योजना समावेश छ। साथै आंशिक प्रतिबन्धको अधिकार पनि उसको पाएको छ। जसमा विदेशी कम्पनीसँगको सम्झौता र लगानीमा पनि पुनर्विचारको अधिकार उसले पाएको छ। अमेरिकाले त्यसका लागि गठन गरेको समितिले राष्ट्रिय सुरक्षाको जोखिमको विषयमा पनि पुनरवलोकन गर्न पाउनेछ। 

अमेरिका–चीन सम्बन्ध कस्तो हुन्छ ? 
अमेरिकासँगको चीनको अबको सम्झौताले उनीहरुको सम्बन्ध कस्तो हुने भन्ने कुराको निक्र्योल गर्नेछ। जस्तालाई त्यस्तै व्यवहार गर्ने भन्दै अघि सारिएको करको नीतिबाट पार पाउन उनीहरुले गत डिसेम्बरमा वार्ताको लागि सहमत भएका थिए। ओल्सनका अनुसार, उनीहरुको बीचमा व्यापारका केही विषयमा सहकार्य गरेर अघि बढ्ने, दुवैलाई फाइदा पुग्ने र सुधारोन्मुख सम्बन्ध कायम रहनेछ भने केही क्षेत्रमा पुनः यस्तै अवरोध दिखिनसक्छ। विशेषगरी प्रविधिको क्षेत्रमा कायम रहेको अवरोध उनीहरुको बीचमा अझै पनि देखिनसक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ