arrow

५१ परिवारलाई प्रदेश सरकारले एक-एक लाख राहत दिने

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
pradesh-54.jpg

बुटवल । प्रदेश नम्वर ५ को मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले प्रदेश अन्र्तगतका बिभिन्न जिल्लामा भएका बिभिन्न घटनाका पिडित परीवारलाई राहत दिने निणर्य गरेको छ ।

प्रदेश सरकारले प्रदेश नम्बर ५ अन्तरगतका जिल्लाहरुमा ०७४ फाल्गुन ३ गतेदेखि ०७५ पौष मसान्त सम्म बिभिन्न कारणले मृत्यु भएका ब्यक्तिहरुलाई राहत दिने निर्णय गरेको हो ।

प्रदेश नम्वर ५ को मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले प्रदेशका बिभिन्न जिल्लामा आगोलानी,चट्यागं, बाढी पहिलो लगायतका घटनामा परी मृत्यु भएका ५१ जनाको परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले राहत दिने निणर्य गरेको सरकारका प्रवक्ता भैतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेश मन्त्रीपरिषदको बैठकले दागंको राप्ती गाउपालिका वडा नम्वर ७ बसन्तपुरमा  अन्तरराष्ट्रिय स्तरको रंगशाला बनाउने, दागंकै घोराही उपमहानगरपालिका वडा नम्वर १६ स्थित नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिका वडा नम्वर १३ स्थित उजीर सिंह रंगशालाको स्तररोन्नती गर्ने निणर्य गरेको मन्त्री चौधरीले जानकारी दिए ।

प्रदेश नम्बर ५ सरकारले छ वटा नयाँ बिदाहरु तय गरेको छ । जसमा ४ वटा प्रदेश भर लागु हुने तथा १ दिन स्थानीय तहले र अर्को १ दिन स्थानीय समुदायमा आधारीत बिदा हुने सरकारका प्रबक्ता मन्त्री चौधरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ