arrow

भुकम्प पीडितको तथ्यांक आउन रामेछापमा अझै डेढ महिना लाग्ने

logo
वद्री नयाँघरे,
प्रकाशित २०७२ चैत ५ शुक्रबार
earth_chitwan1.jpg.jpeg
रामेछाप। गत वैशाख महिनामा गएको  भुकम्प वाट पीडितहरुको तथ्याँक संकलनको काम सकिन अझै डेढ महिना लाग्ने भएको छ। गत माघ १७ गते वाट काम आरम्भ गरेको तथ्यांक विभागले खटाएको प्राविधिक टोलीहरुका लागि स्थानिय स्तरमा काम सम्पन्न गर्नका लागि थप डेढ महिनाको समय लाग्ने भएको हो । 
 
पुननिमार्ण प्राधिकरणले यही चैत्र महिना भित्रमा राजधानी काठमाण्डौं वाहेकका अन्य सवै भुकम्प प्रभावित जिल्लाका भुकम्प पिडीतको लगत संकलन गरिसक्ने बताएको भए पनि रामेछापको हकमा भने उक्त लक्ष्य अनुसार हुने सम्भावना देखिएको छैन् । पहिलो चरणमा गत माघ १७ गतेवाट जिल्लाको रामेछाप र मन्थली गरी दुई नगरपालीका र आसपासका खिम्ती, तिल्पुङ्ग, रामपुर, देउराली र गोठगाउँ गाविसवाट ३१ जना सर्भेयर सहित ६२ जना कर्मचारी लगत संकलनको कामको लागि परिचान गरिएको थियो । 
 
जसअनुसार उक्त टोलीले गर्ने काममा ढिला सुस्ति हुने देखिएपछि तथ्याक विभागले दोश्रो चरणमा माघको २१ गतेवाट उच्च पहाडी भुभागका २० गाविसवाहेक अन्य सवै गाविसहरुमा लगत संकलनको लागि सर्भेयर टोली पठाएको थियो । अगाडीका दुईवटा टोलीले काम गरिरहेको बेला विभागले तेस्रो चरणमा फागुन ७ गतेवाट लागु हुने गरी वाँकी रहेका सवै गाविसका लागि लगत संकलन टोली पठाएको र सोही आधारमा सबै टोलीहरुले विहिवारसम्ममा निर्वाधरुपमा काम गरिरहेको तथ्याकं शाखा मन्थलीका प्रमुख सुरेन्द्र रावलले वताए । 
 
उनका अनुसार भौगोलिक बिकटता र विद्युत आदिका कारण सर्भेक्षकले चलाउने ट्यावलेटमा पटक पटक देखिने प्राविधिक समस्या आदीका कारण गाउँमा खटिएको टोलीले सोचे अनुसार काम गर्न नसकेको हो । जसका कारण केन्द्रले सोचेको समयअवधि भित्र लगत संकलनको काम सम्पन्न हुनसक्ने सम्भावना छैन् । टोलीले हालसम्म जिल्लाको २ नगरपालीका र ४५ गाविसहरुमा काम गरिरहेको भए पनि करिव ५० प्रतिशत लगत संकलनको काम संकलन गरिएको छ ।
 
अहिलेसम्म भएको कामको गतिलाई हेर्दा सोचेको समयमा वाँकी वडाहरुमा लक्षित समयमा काम सम्पन्न हुनसक्ने अवस्था नरहेको मन्थली नगरपालीका वडा नं २ को लगत संकलनमा जुटेका सर्भेक्षक अकिंत कोइरालाले बताए । लगत संकलनको क्रममा दिउँसो सबै घरहरुमा मानिस नभेटीने र छुटेका घरमा पटक पटक पुग्नु पर्ने समस्याका कारण पनि लगत संकलनको काममा सोचेजती प्रगती हुन नसकेको अनुमान कोइरालाले गरे । 
 
जिल्ला तथ्याकं कार्यालयवाट प्राप्त तथ्याकं अनुसार हालसम्म गुन्सी गाविसको वडा नं ६,७ र ९ तथा गोठगाउँ गाविसको वडा नं १,२,३ र ४ वडामा लगत संकलनको काम सम्पन्न भइसकेको छ । त्यस वाहेक वाँकी रहेका नगरपालीका र गाविस कुनै पनि वडामा काम पुरा सम्पन्न भई सकेको छैन् । यसरी विहिवारसम्म प्राप्त तथ्याकं अनुसार हालसम्म रामेछापका विभिन्न गाविस र नगरपालीकाका वडाहरुमा समेत गरी कुल ३२ हजार घरधुरीको लगत लिने काम सम्पन्न भइसकेको छ । जव की जिल्ला दैविप्रकोप उद्धार समितिको तथ्याकं अनुसार रामेछापका ५३ हजार घरधुरी भुकम्प पिडीत घरको नाममा दर्ज भएका छन् । 
 
यसरी तथ्याकं लिन गाउँमा पुगेको टोलीले यस अघि विभिन्न कारणले भुकम्प पिडीतको विवरण  लिन छुटेको भए प्राप्त तथ्याकंको आधारमा त्यसता खालका पिडीतको घरको विवरण पनि लिने काम पनि गरिरहेको छ । कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गरिनु हुन्न भन्ने मान्यताको आधारमा विभागले लगत लिन छुटेका भुकम्प पिडीतहरुको प्रमाण समेत सँगसँगै संकलन गर्ने व्यवस्था मिलाएकोले पनि यसपटकको तथ्याकंले सबै पिडीतहरुलाई न्याय दिनसक्ने आकंलन प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले गरे । उनले भने– अहिलेसम्मको लगत संकलनको कार्यलाई नजर अन्दाज गर्दा अधिकासं गाउँमा निर्विवाद ढंगले काम भइरहेको र उक्र कार्यले जतिसक्दो चाडो सम्पन्न भई पिडीतहरुले चाडो भन्दा चाडो राहात पाउने छन्।



नयाँ