arrow

छैठौं विश्वकप उपाधिको खोजीमा अष्ट्रेलिया

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
Australia-crick-odi.jpg.jpeg

काठमाडौं ।  विश्वकप प्रतियोगिताको लागि सबै टोलीहरु विश्वकपको तयारीमा जुटेका छन् । यस्तैमा विश्वकपको पाँच पटकको विजेता अष्ट्रेलियाले पनि इंगल्याण्डमा हुने विश्वकपको लागि आफ्ना खेलाडी घोषणा गरिसकेको छ ।

कुनै पनि विश्वकपमा अष्ट्रेलिया उपाधि प्रमुख दाबेदार मानिन्छ । किनकी यो टोली ११ पटक यो प्रतियोगिता आयोजना हुँदा ७ पटक फाइनलमा पुगिसकेको छ । साथै, पाँचपटक उपाधि पनि हासिल गरिसकेको छ । त्यसैले यसपटक पनि उसलाई उसलाई प्रमुख दाबेदारको रुपमा मान्न सकिन्छ ।

यसअघि भएको सन् २०१५ को विश्वकपमा पनि अष्ट्रेलियाले न्युजिल्याण्डलाई हराउँदै उपाधि जितेको थियो । यो टोलीसँग लगातार तीनपटक विश्वकपको उपाधि जितेको कीर्तिमान छ । अष्ट्रेलियाले सन् १९९९, २००३, २००७ मा गरी लगातार तीनपटक विश्वकपको उपाधि जितेको थियो ।

यसपटकको टोली कस्तो छ ?

यसपटकको अष्ट्रेलियाको टोलीको कप्तानी आरोन फिन्चले गर्दैछन् । उनी एकदिवसीय क्रिकेटमा निकै अनुभवी खेलाडी हुन् । उनले १ सय ९ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । जसमा १३ शतक र २१ अर्धशतक प्रहार गरेका छन् । उनलाई यो विश्वकपमा स्टिभ स्मिथ र डेभिड वार्नरको साथ मिल्नेछ । एक वर्षको प्रतिबन्धपछि उनीहरु टोलीमा फर्किएका हुन् ।  अन्य सदस्यमा  युस्मान ख्वाजा, साउन मार्सजस्ता खेलाडीले ब्याटिङलाइन सम्हाल्नेछन् ।

ग्लेन म्याक्सवेल, माक्युस स्टोइनिस र झे रिचार्डसनजस्ता अलराउन्डरलाई  पनि टोलीमा समावेश गरिएको छ । एलेक्स क्यारेले विकेटकिपरको भूमिका निर्वाह गर्नेछन् । त्यसैगरी, पेट क्युमिन्स, नाथान काउन्टर नाइल, मिचेल स्टार्क, जोसन बेरेनडोर्फ, एडम जाम्पा र नाथाल लायनले बलिङ सम्हाल्नेछन् ।

छैठौं उपाधिको मौका

अष्ट्रेलियाले सार्वजनिक गरेको स्क्वाडलाई हेर्ने हो भने यसपटक अष्ट्रेलियालाई छैठौं उपाधि जित्ने राम्रो मौका छ । टोलीमा निकै राम्रा तथा अनुभवी खेलाडी समावेश गरिएको छ । टोलीमा माथिल्लोदेखि तल्लो क्रमसम्मका ब्याट्सम्यान आवश्यकताअनुसार रन बनाउनसक्ने क्षमताका छन् । साथै टोलीमा उत्कृष्ट बलर पनि समावेश छन् । टोलीका अधिकांश खेलाडीसँग यसअघिको विश्वकप खेलेको अनुभव पनि छ । यसले अष्ट्रेलियालाई सहयोग पुग्न सक्छ ।

अहिलेको क्रिकेटको प्रणालीले पनि अष्ट्रेलियाको टोलीलाई केही सहयोग गर्न सक्छ । यो पटक लिग राउण्ड रोबिन आधारमा खेलाइने छ यानीकी सबै टोलीले सबैसँग खेल्ने छन्। जसमा समुह चरणमा ९ खेल  खेल्नुपर्ने हुन्छ । यस्तोमा शुरुका केही खेलमा राम्रो प्रदर्शन गर्न नसकेको खण्डमा पनि प्रदर्शनमा सुधार गर्ने अवसर राम्रा टोलीलाई हुन्छ । यसको सहयोगमा अष्ट्रेलिया सेमीफाईनल पुग्न सक्छ ।

टोलीका समस्या

यो टोलीमा केही समस्या पनि रहेका छन् । टोलीका कप्तान आरोन फिन्च कप्तानीमा भने खासै अनुभवी छैनन् । उनले अहिलेसम्म केवल १७ अन्तर्राष्ट्रिय एकदिवसीयमा कप्तानी गरेका छन् । त्यसमा ९ खेलमा जित र ८ खेलमा हारको सामना गरेका छन् । यसले उनको कप्तानीमा अष्ट्रेलियाको टोलीको जित र हार बराबरजस्तै देखिन्छ । यो अवस्था विश्वकपमा पनि देखिएको खण्डमा त्यो अष्ट्रेलियाको लागि एक समस्या बन्नसक्छ ।

अर्को महत्वपूर्ण पक्ष अष्ट्रेलियाका प्रमुख दुई खेलाडी स्टिभ स्मिथ र डेभिड वार्नरको विषय हो । उनीहरु १२ महिनाको प्रतिबन्धपछि भर्खरै टोलीमा फर्किएका हुन् । उनीहरुले अन्तर्राष्ट्रिय खेलमा बलको संरचना परिवर्तन गरी जित हासिल गर्ने प्रयास गरेको आरोप पुष्टि भएसँगै उनीहरुलाई प्रतिबन्ध लगाइएको हो । त्यसयता उनीहरुले एकदिवसीय क्रिकेट खेलेका छैनन् ।

यूएईमा पाकिस्तानसँग एउटा एकदिवसीय क्रिकेट खेलेका भए पनि उनीहरुका लागि फर्ममा फर्कन त्यो पर्याप्त नहुनु पनि सक्छ । यी दुई खेलाडी अष्ट्रेलियाको टोलीमा नचलेको खण्डमा अष्ट्रेलियाको ब्याटिङ लाइन कमजोर बन्नसक्छ । यसले टोलीको समग्र प्रदर्शनमा आँच पुग्न सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ