arrow

किन घटाइयो श्रीलंका विस्फोटमा मृत्यु हुनेको संख्या ?

एक सय भन्दा बढीले घटाइयो मृतकको संख्या , श्रीलंकन मुस्लिमहरुमा त्रास, सबै चर्चका सेवा ठप्प

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
security-checking.jpg

कोलम्बो । श्रीलंकामा गत आइतबार भएका शृंखलाबद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या घटाइएको छ । सरकारले मृतकको संख्या १०० भन्दा बढी घटाउँदै २५३ मात्र रहेको जनाएको छ । 

श्रीलंकाको स्वास्थ्य मन्त्रालयले विस्फोटमा परेर मृत्यु हुनेको संख्या गणनामा त्रुटि भएको जनाएको छ ।

राजधानी कोलम्बो र पूर्वी शहर बट्टीकालोआमा आत्मघाती हमलाकारीले होटल तथा चर्चलाई निशाना बनाएर आक्रमण गरेका थिए ।

विस्फोटमा सयौं मानिस घाइते भएको स्वास्थ्य मन्त्रालयलाई उधृत गर्दै बीबीसीले जनाएको छ । 

मारिनेहरु अघिकांश श्रीलंकाका नागरिक भए पनि दर्जनौं विदेशी नागरिकको समेत मृत्यु भएको छ । 

आइतबार बिहान, दिउँसो र अर्को दिन गरी श्रीलंकामा ९ वटा विस्फोट भएका थिए । 

प्रहरीले विष्फोटमा संलग्न रहेको आरोपमा ७० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएकामा नौ जनाको फोटो सार्वजनिक गरेको छ । 

विस्फोटको जिम्मा विद्रोही आतंकवादी समूह इस्लामिक स्टेट आइएसले लिएको छ । 

सरकारले सुरक्षामा कमजोरी गरेको भन्दै सुरक्षा अधिकारीहरुलाई समेत बर्खास्त गरिसकेको छ । 

मुस्लिमहरुलाई त्रास
यो घटनाले श्रीलंकाका मुस्लिमहरुलाई आक्रमण हुने खतरा बढेको छ । उनीहरु त्रासबीच बसिरहेका छन् । 

न्युजिल्याण्डमा भएको आक्रमणको प्रतिकार स्वरुप श्रीलंकामा आक्रमण गरिएको भन्ने आतंकवादी भनाइपछि श्रीलंकन मुस्लिमहरुमाथि पनि आक्रमणको चिन्ता बढेको हो । 

यो घटनापछि श्रीलंकामा भएका क्याथोलिक चर्चहरुमा सबै सेवा बन्द गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ