arrow

म्यानमारकी नेतृ सुकीको कम्बोडिया भ्रमण

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
aung-san-suki1.jpg

नोमपेन्ह । म्यानमारकी राज्य सल्लाहकार आङ सान सुकीले कम्बोडियाको औपचारिक भ्रमण गर्न लागेको कम्बोडियाको विदेश मन्त्रालयले जनाएको छ । आगामी अप्रिल २९ देखि १ तारिखसम्म सुकीले कम्बोडियाको भ्रमण गर्न लागेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१६ मा सत्तामा आउनुभएकी सुकीको यो पहिलो कम्बोडिया भ्रमण हो । भ्रमणका क्रममा सुकीले कम्बोडियाली राजा नरोदोम सिहामोनी र  बडामहारानी नरोेदम मोनीनेआथ सिहानुकसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी उनले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्। सुकीले कम्बोडियाका राष्ट्रिय सभाका अध्यक्ष सम्देच हेङ समरिन र सिनेटका अध्यक्ष साम्देच से छमसँग भेटवार्ता गर्नेछिन् ।

नेतृ सुकीको भ्रमणले दुई देशबीचको सम्बन्धका साथै दक्षिणपूर्वी एसियाली राष्ट्रसँगको मित्रता अझ सुदृढ बनाउन सहयोग गर्ने कम्बोडियाको विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ । म्यानमार र कम्बोडियाबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ