arrow

प्रधानमन्त्री मोदीको बारेमा के छ वाराणसीका मुस्लिमहरुको धारणा ?

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
modi-varabnasi.jpg

वाराणसी । पीएम नरेन्द्र मोदीको रोड शोको भीड जब वाराणसीको मुस्लिम बहुलता रहेको मदनपुरा र सोनारपुरा इलाकाहुँदै जाँदै थियो । त्यति नै बेला कारमा सवार प्रधानमन्त्रीको एक झलक पाउनको लागि हाफिज जमाल एक स्थानीय मस्जिदबाट बाहिर निस्किए । त्यति नै बेला सोनारपुरामा एक अन्य मुस्लिम युवकले पीएम मोदीको तरफ हात उठाए । जसलाई प्रधानमन्त्री मोदीले शालीनताका साथ स्वीकार गरे । त्यो देखेर जमाल मोदीप्रति झनै प्रभावित भए । 

हाफिज जमालले मोदीको अनुहार हेरेपछि मिडियासँग बोल्दै भने, 'कोही अरु होइन, वाराणशीमा केवल मोदीले नै जित्नेछन् । तर, म आफैं उनलाई भोट दिन्छु कि दिन्न त्यो त म भन्न सक्दिन।' त्यस्तै मदनपुरा इलाकामा समेत कैंयौं सारा मुस्लिमहरुलाई थाहा छ कि चुनाव त मोदीले नै जित्नेछन् । तरपनि यसको अर्थ यो होइन कि मोदी कुनै शंका विना नै वाराणसीबाट चुनाव जित्दैछन् । 

लोकसभा चुनावका लागि आफ्नो नामांकनभन्दा पहिले वाराणसी पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ करिब ६ किलोमिटर लामो रोड शो गरे । काशी हिंदू विश्वविद्यालयको सिंहद्वारमा महामना मदन मोहन मालवीयको प्रतिमामा पुष्प अर्पित गरेर शुरू गरेको रोड शोमा लाखौं मानिसहरु उतारिएको थियो । उनीहरुले प्रधानमन्त्री मोदीलाई स्वागत गरेका थिए । सो समयमा पूरै काशीको ध्यान रोड शो तिर नै देखिएको थियो । तमाम स्थानहरुमा मानिसहरुले प्रधानमन्त्री मोदीलाई पुष्पवृष्टि गरेर स्वागत गरेका थिए । त्यो रोड शो मा हिन्दू र मुस्लिमहरुको संख्या पनि धेरै देखिन्थ्यो । 

'मुसलमानहरुको भावनालाई सम्झिउन् प्रधानमन्त्रीले' 
मदनपुरामा रिजवान साडी आर्ट्स चलाउने वाला शमीन अख्तर र नसीम अख्तर भन्छन्, 'यदि मोदीजी मानिसहरुलाई जोड्न र अल्पसंख्यकहरुसम्म पुग्न चाहन्छन् भने फेरि उनी किन साध्वी प्रज्ञा जस्तालाई टिकट दिइरहेका छन् ?  जदो खुलेआम बाबरी मस्जिद तोडनुपर्ने अभिव्यक्ति दिन्छन् । उनले मुसलमानहरुको भावनाहरुलाई सम्झनु पर्दछ ।' 

'विपक्षको मजबूत प्रत्याशी नहुँदा निराशा' 
मदनपुरामा साडी बुनाई केन्द्र चलाउने वाला बुजुर्ग मोहम्मद हामिद अख्तरले भने, 'मुस्लिमहरुको याद केवल चुनावको समयमा मात्रै किन आउँछ ? बीचको पाँच सालमा किन उनीहरुलाई मुस्लिमहरुको याद आएन ? के कसैलाई शाख गिर्दै गएको बनारसी साडीको चिन्ता छ ? मोदीलाई लिएर धेरै कुराकानी भईरहेको छ । तर म कसलाई भोट दिन्छु भनेर भने बताउँदिन ।' इलाकाका कैयौं मुसलमान यसकुरालाई लिएर चिन्तित देखिन्छन् कि प्रियंका गान्धी किन वाराणसीबाटचुनाव लड्दिन भनिन् ? यसैगरी एसपी-बीएसपी गठबन्धनका प्रत्याशीलाई कमजोर मानेर पनि मुस्लिमहरु निराश देखिएका छन् । 

'बीजेपीसँग विरोधका बावजुद पीएमको दिलसँग स्वागत' 
सोनारपुरामा रिजवान अहमदले भने कि, 'वाराणसी र यूपीमा चुनाव हुन बाँकी ठाउँहरुमा काम त भयो। यो तथ्य हो । यो पनि सत्य हो कि वाराणसीमा मोदीलाई कसैले पनि हराउन सक्दैनन् । उनका अलावा छन् र पो को ? तर बीजेपीका अर्का नेता जब बजरंग बली र अलीको बहस सुरु गर्छन् । त्यतिबेला थोरै निराशा भेटिन्छ । यदि पीएम मोदी जितेर आउँछन् भने उनलाई पूरै दिलबाट स्वागत गरिन्छ । बीजेपीको केही बुनियादी वैचारिक विरोधका बावजूद।' 
नवभारत टाइम्सबाट अनुवादित 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ