arrow

भिडमा यी नेताको अघि झुके मोदी, खुट्टा छोएर लिए आशीर्वाद

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
narendra-modi-prakash-singh-badal.jpeg

काठमाडौं । आफ्नो संसदीय सीट वाराणसीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नामांकन दर्ता गरेका छन् । निर्वाचन कार्यलयमा प्रधानमन्त्री मोदी भन्दा पहिले एनडीएका दिग्गज नेता त्यहाँ पुगेका थिए । काल भैरव मन्दिरमा पूजा गरेपछि प्रधानमन्त्री मोदी पनि निर्वाचन कार्यलय पुगे ।

त्यहाँ रहेका एनडीएका सबै नेताहरुले उनको स्वागत गरे र प्रधानमन्त्री मोदीले पनि सबैको अभिवादन स्वीकार गरे । त्यहाँ  पन्जाबका पूर्व मुख्यमन्त्री प्रकाश सिंह बादललाई देखेसँगै प्रधानमन्त्रीले निहुरिएर उनको खुट्टा छोए ।

प्रकाश सिंह बादल पन्जाबका पूर्व मुख्यमन्त्री र शिरोमणि अकाली दलका प्रमुख रहेका छन् । ८५ वर्षीय बादल पन्जाबमा पाँच पटक मुख्यमन्त्री भएका थिए । नामांकन दर्ता गर्नुभन्दा पहिले प्रधानमन्त्री मोदीले प्रकाश सिंह बादलको खुट्टा छोएर उनको आशीर्वाद लिए ।

यसपछि सह निर्वाचन पदाधिकारीको अगाडि सबै  कागजी प्रक्रिया पुरा गरेर प्रधानमन्त्री मोदीले आफ्नो नामांकन फारम भरे । प्रधानमन्त्री मोदीको नामांकनको लागि एनडीएका दुई दिग्गज नेता वाराणसी पुगेका थिए । सवै नेताहरुलाई एक साथमा लिएर एनडीएले वाराणसीमा शक्ति प्रदर्शन पनि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ