arrow

सरकारी तथ्यांक भन्छ : नेपालमा ५७ प्रतिशतले चिनजानकाहरुबाट खोज्छन् जागिर 

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
CBS_lunching.jpg

काठमाडौं । नेपालका ५७ प्रतिशत मानिसहरुले आफ्ना साथीभाइ र चिनजानले खोजेको जागिर खाने गरेको भेटिएको छ । राष्ट्रिय योजना आयोग र अन्तराष्ट्रिय श्रम संगठनले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सबैभन्दा धेरै जागिर खोज्ने तरिका नै साथीभाइहरुको चिनजान रहेको छ । धेरै मानिसहरु क्षमता भन्दा पनि भनसुनको आधारमा जागिर खाने प्रवृत्ति बढिरहेको कुरा यो तथ्यांकले पनि पुष्टि गरेको छ । 

रिपोर्टका अनुसार सिधै जागिरको लागि आवेदन दिएर रोजगारी पाउनेहरु जम्मा ११ दशमलव ६ प्रतिशत रहेका छन् । यसरी साथीभाइसँगको चिनजानको आधारमा नै जागिर खोजिने भएपछि जागिरमा आवेदन दिनकै लागि राम्रो चिनजान हुनुपर्ने देखिएको छ । यसले पनि नेपालको कार्यसम्पादनको स्तर कम हुनुको कारण संकेत गरेको छ । 

प्रतिवेदनका अनुसार विभिन्न स्थानमा काम गरिरहेको ठाउँमा पुगेर कामबाट प्रभावित भएर जागिरमा राख्नेको संख्या ८ दशमलव ३ प्रतिशत रहेको छ । त्यसबाहेक टेस्ट लिएर र त्यसमा इन्टरभ्यूको समेत प्रक्रिया पु¥याएर जम्मा ४ दशमलव ७ प्रतिशतले मात्रै जागिर खाने गरेका छन् । जागिरको लागि खोलिएको विज्ञापनमार्फत् भने जम्मा साढे ४ प्रतिशतले मात्रै जागिर खाने गरेका छन् । 

अध्ययनको लागि विभिन्न १२ वटा प्रक्रियाहरुको बारेमा सोधखोज गरिएको थियो । त्यसमध्ये अन्य स्रोतबाट आर्थिक सहायता पाएर नयाँ व्यवसाय सञ्चालन गर्न सुरु गरेकाहरु जम्मा ३ दशमलव ७ प्रतिशत छन् । अन्य माध्यमहरुबाट ३ प्रतिशतले जागिर खाने गरेका छन् । यस बाहेम रोजगार केन्द्रमा रजिस्ट्रर भएर २ दशमलव ८ प्रतिशत र सबैभन्दा शून्य दशमलव २ प्रतिशतले स्वीकृति र लाईसेन्स सहित व्यवसाय सञ्चालन गर्ने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ