arrow

५ वर्षमा मोदीको सम्पत्ति दुईगुणा बढ्यो, के–केको भए मालिक (पूर्ण विवरण)

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
modi-varabnasi1.jpg

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सालानाला आय पछिल्लो पाँच सालमा दुईगुणा भएको छ । यति मात्रै होइन उनको कूल सम्पत्तिमा समेत ६० प्रतिशतको बृद्धि भएको छ । १५ वर्षसम्म गुजरातको मुख्यमन्त्री रहेको र पाँच वर्षसम्म देशको पीएम भइसकेका उनको चल-अचल सम्पत्ति केवल २ करोड ५१ लाख ३६ हजार मात्रै रहेको छ ।

वाराणसीबाट शुक्रवार नामांकन दाखिल गराएपछि उनले पेश गरेको विवरणमा उल्लेख भए अनुसार पछिल्लो एक वर्षमा पीएम मोदीको सम्पत्तिमा केवल २२ लाख ८५ हजार ६२१ रुपैयाँ थपियो । यसैगरी, पाँच वर्षमा करिब एक करोड रुपैयाँको सम्पत्ति उनको बढेको छ । 

शुक्रवार दाखिल गरिएको शपथपत्रका अनुसार पीएम मोदीको कूल सम्पत्ति २ करोड ५१ लाख ३६हजार ११९ भारतीय रुपैयाँ रहेको छ । तर चल सम्पत्तिको हिसाब गर्नेहो भने पीएमसँग केबल ३८ हजार ७ सय ५० रुपैयाँ मात्रै रहेको छ । भारतीय स्टेट बैंकको गान्धी नगर शाखामा केवल चार हजार १४३ रुपैयाँ रहेको छ ।

यसका अलावा एक करोड २७ लाख ८१ हजार ५७४ रुपैयाँ एफडीआर रहेको छ। उनीसँग १ दशमलव १३ प्रतिशत मूल्यको सुन रहेको छ। उनीसँग जम्मा ४ वटा औंठी रहेको छ । २० हजार रुपैयाँको एलएण्डटी इन्फ्रास्ट्रक्चरको बाण्ड पनि उनले खरीद गरेका छन् । यसका अलावा एनएससी र एलआईसीमा उनले लगानी पनि गरेका छन् । पीएम मोदीले गुजरातमा २००२ मा १ लाख ३० हजार रुपैयाँमा एउटा प्लान्ट खरीद गरेका थिए । अहिले यसको मूल्य १ करोड १० लाख पुगेको छ ।  यसबाट उनलाई ८४ गुणा फाइदा भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ