arrow

बिकलागं देवीमायालाई सहयोगी हातहरुले बनाइदिए घर

पति बिते पनि नावालकले पाए ओत

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
meche.jpg

झापा । घटना सानो हो । तर त्यो घटनाले दिने सन्देश भनेको अथाह छ । समाज व्यक्तिवादी भइरहेको छ भन्ने चिन्ताले हरेक चेतनशील मानिसलाई विरक्त बनाएको बेला यस्ता समाचारले शितलता दिन्छ । आनन्दको अनूभुति हुन्छ । यस्तै सुन्दै आनन्द लाग्ने काम भएको छ झापाको मेचीनगरमा । अरु धेरै ठाँउमा पनि यस्ता धेरै कारुणिक घटनाहरु हुन्छन्, जुन मेचीनगरमा पनि भयो । स्थानीय देवीमाया मेचे बच्चा पाइन । उनले बच्चा पाएको पाँचदिनमा उनका पतिलाई सर्पले टोक्यो । उनलाई बचाउन सकिएन  ।

देवीमाया पाँचदिनको सुत्केरी मात्र थिइनन् । उनी बिकलागं पनि थिइन । उनको एउटा हात करेण्ट लागेर धेरै पहिले काटिएको रहेछ । उनको छ बर्षकी छोरी पनि थिइन । एकातिर पतिको बियोगमा थिइन, अर्कोतर्फ पाँचदिनको शिशु, छ बर्षिया छोरी र अशक्त देविमायालाई भबिष्यमा के गर्ने कुनै योजना थिएन । जिन्दगीको एकमात्र साहारा श्रीमानलाई सुत्केरी अवस्थामा गुमाएकी बिकलागं देबीमाया मेचेका लागि केही उपाया बाँकी थिएन ।

कुनै आमाले पहिले छोरा छोरी मारेर आफूले पनि आत्महत्या गरिन भन्ने समाचार हामीले धेरै पटक सुनेका छौ । सायद देवीमायाको अवस्थामा पुगेका जो कोही आमाले के गर्लान ? कल्पना गर्न सकिन्न । देवीमाया यो चित्कार पहिला सुन्न पुगेछन्, झापाका पत्रकार मुक्ति पौडेल । उनले देवीमायाको यो अवस्थालाई उनको पत्रिका जन संसदमा मुख्यखवर बनाएछन । समाचार लेखिरहँदा उनको मनमा लागे छ, देवीमायालाई कसरी सहयोग गर्ने ? पत्रकारिताबाट समाजमा केही सकारात्मक परिवर्तन गर्न सकिन्छ कि भन्ने लाग्यो, देबिमायाको अवस्था देखेर । उनले देवीमायाको समाचारमात्र लेखेनन् सहयोगको अपील समेत गरे ।

देवीमायाको अवस्था देखेर के गर्न सकिन्छ भनेर सम्झिरहेको बेला काठमाण्डौमा रहेका कांग्रसका प्रवक्ता विश्वप्रकाश शर्माले पौडेललाई फोन गरे । उनले एक टेलिभिजनमा पौडेलले तयार पारेको रिपोर्ट हेरेका रहेछन् । देबीमायाको अवस्था सुन्ने बित्तिकै शर्माको मन पग्लियो । शर्माले पीडित देवीमायाआफनै गाँउ ठाँउकी भएकीले सहयोगका लागि सक्दो सहयोग गर्ने वचन दिए ।

विश्वप्रकाश झापा आए । छोरा शीर्ष प्रकाशको त्यही समयमा जन्मदिन थियो । उनीहरुले घर सल्लाह गरे ।  शर्मा दम्पतिलाई देवीमायाका लागि सात धूर जग्गा उपलव्ध गराउने निर्णय गरे। र, स्थायी बसोवासका लागि छलफलमा जुटे ।  मुख्य कुरा जग्गा कसरी पाइएला भन्ने थियो, त्यो मिल्यो । अव देवीमायाका लागि केही गर्नुपर्छ भनेर लागेकाहरु विश्वप्रकाशको साथले उत्साहित भए ।

 देवीमाया लागि घर बनाउने योजना अभियानमा परिणत भयो । यसका लागि स्थानीय व्यवसायी बिजय डालमियाका संयोजकत्वमा घर बनाउन आर्थिक संकलन शुरु भयो । टीका मग्राती, डालमियासहित धेरैजना देवीमायाको घर बनाउन निकै खटिए ।

देश बिदेशबाट सहयोगीमनहरु आए, अभियानलाई साथदिए । नभन्दै टिनको छाना भएको एक तले घर बन्ने पैसा जुट्यो । र तस्वीरमा देखिए जस्तै सुन्दर तीन कोठे घर बन्यो । केही दिनपहिले मात्र जग्गा दाता शर्माले एक कार्यक्रमका विच देविमायालाई घर प्रवेश गराए । देवीमायाको खातामा थप पाँचलाख रुपैयाँ पनि राखिदिएको अभियानका संयोजक डालमियाको भनाई छ ।

अझदेवीमाया मेचेका दुई छोरीहरुलाई धुलाबारीको इष्ट होराईजन माविले कक्षा १२ सम्म निशुल्क अध्ययन गराउने खवरले जो कोहीलाई आनन्दित पार्न सक्छ । सूदूर पूर्व झापाको एउटा गाँउको यो सानो घटनाले देशलाई ठूलो सन्देश दिएको छ ।  

पहिलो, पुण्य बरावर अर्को कुनै समाजसेवा छैन । दोश्रो, समाजमा नकारात्मक बिषयमात्र छैनन्, कुनैपनि घटनालाई सकारात्मक नजरले पनि हेर्न सक्नुपर्छ ।  तेश्रो, राजनीति आफनो ठाँउमा छ, तर हाम्रो परम्परागत शैलीमा चलेको समाजलाई राजनीतिक आँखाबाट हेरिनु हुँदैन, समाजलाई राजनीति भन्दामाथि राख्नु पर्छ ।
 
चौथो, मानिसका हरेक पेशा ,व्यवसाय हुन्छन् र छन् । तर ती सबैलाई सामाजिक उत्तरदायित्व र सेवाभावसँग जोड्न सक्नुपर्छ । हुन त देशका अन्य भागमा पनि यस्ता सकारात्मक उदाहरण भएका होलान् । यस्ता अनुपम उदाहरणलाई प्रचार प्रसार गर्न सके यसले घस्कँदो नैतिक मूल्यलाई बचाउँछ भने भावी पुस्ताका लागि पनि प्रेरक प्रसंग बन्छ ।

यस्तो पुनितकार्य गरेर देवीमायाको कहालीलाग्दो जिन्दगीलाई व्यवस्थित बनाउन सहयोग गर्ने शर्मा, पौडेल, डालमिया लगायत अभियानमा संलग्न सबैको योगदानले समाजमा छुट्टै सकारात्मक सन्देश दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ