arrow

सिजीले ल्यायो कम मूल्यमा फ्यान र कुलर

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
cg1.jpg

काठमाडौं। बढ्दो गर्मी मौसमलाई मध्यनजर गर्दै सिजीले विभिन्न प्रकारका फ्यान तथा कुलरहरु  बजारमा ल्याएको छ । फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज किसिमका रहेका छन। भने सिलीङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध रहेका छन्। यी फ्यानको गति अरु फ्यानको तुलनामा धेरै रहेको कम्पनीको दाबी गरेको छ। यसमा प्रयोग गरिएको ब्लेडहरु आकर्षक डिजाईन र रंगहरुमा उपलब्ध हुनुका साथै फ्यान चलाउदा आवज समेत नआउने भएकोले यसको माग अत्याधिक रहेको कम्पनीको जिकिर छ। त्यस्तै स्टाण्ड फ्यान पनि विभिन्न आकर्षक रंगहरु र डिजाईनमा उपलब्ध रहेका छन् जसमा रिमोट कन्ट्रोल गर्न सकिने भएकाले ग्राहकले सजिलै चलाउन सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकवर्गमा रहेको कम मूल्यमै एसीको आनन्द लिन चाहनालाई मध्यनजर गर्दै सिजीले विभिन्न मोडलहरु सार्वजनिक गरेको छ । कुलरमा आईस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङकी जस्ता अरुपनि धेरै विशेषताहरु रहेका कम्पनीको दाबि रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ