- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटमा रोहित शर्माको मुम्बई इन्डियन्सले बाजी मारेको छ ।
शुक्रबार राति चेन्नाईको मैदानमा भएको खेलमा मुम्बईले घरेलु टिम चेन्नाई सुपर किंगसमाथि जित निकालेको हो ।
नियमित कप्तान महेन्द्र सिंह धोनी र रविन्द्र जडेजा नखेलेको खेलमा मुम्बई ४६ रनले विजयी भएको हो ।
खेलमा १५६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले १७.४ ओभरमा १०९ रन बनायो ।
मुरली विजयले ३८, मिचेल सान्तनरले २२ र डयाने ब्राभोले २० रन बनाए । त्यस बाहेक कोही ब्याटस्म्यानले डबल डिजिटको रन जोड्न सकेनन् ।
लासिथ मालिंगाले ४ विकेट लिए । क्रुनाल पाण्डेया र जसप्रित बुमराहले २–२ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको मुम्बईले म्यान अफ दि म्याच रोहित शर्माको ६७ रनको मद्धतमा ४ विकेटको नोक्सानीमा १५५ रन बनायो ।
एभिन लेविसले ३२, हार्दिक पाण्डेयाले नटआट २३, क्विन्टन डि ककले १५ र क्रुनाल पाण्डेयाले नटआउट १३ रन बनाए ।
अंक तालिका
यो जितपछि ११ खेलबाट १४ अंक बटुलेको मुम्बई दोस्रो स्थानमा चढेको छ । सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स ११ खेलबाट १४ अंक नै सहित तेस्रो स्थानमा झरेको छ ।
१२ खेलबाट १६ अंकको चेन्नाई शीर्ष स्थानमा यथावत् छ ।
शनिबारको खेल
शनिबार राति ८ः१५ बजे राजस्थान रोयल्सले जयपुरको घरेलु मैदानमा सनराइजर्स हैदराबादसंग खेल्दैछ ।
यो खेल जित्दा हैदराबाद १२ अंकसहित चौथो स्थानमै हुनेछ । यो परिणामले राजस्थान लगभग बाहिरिने पक्का हुनेछ ।
राजस्थान जितले प्लेअफको सम्भावना जिवितै राख्नेछ ।