arrow

किन अमेरिकी प्रतिबन्ध मान्दैनन् चीन र भारत ?

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख १४ शनिबार
oil1.png

काठमाडौं । चीन र भारत अहिले पूर्णरुपमा इरानको तेल आयात नरोक्ने पक्षमा देखिएका छन् । ऊर्जा विश्लेषकका अनुसार अमेरिकाको प्रतिबन्धको बीचमा भारत र चीनले उसको प्रतिबन्ध नटेर्ने तयारी गरेका हुन् । 

गत सोमवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आगामी मे महीनाबाट इरानको तेल आयात रोक्न सबै मुलुकलाई आग्रह गरेको छ । यदि इरानको तेल आयात नरोके उनीहरुले पनि अमेरिकाको प्रतिबन्ध लगाउने चेतावनी पनि दिइएको छ । 

यसअघि अमेरिकाले इरानको प्रतिबन्धको बीचमा उसका प्रमुख आठ तेल खरिदकर्ता मुलुकलाई भने छ महीनासम्मको लागि छूट दिने निर्णय गरेको थियो । उक्त म्याद मे महीनामा सकिँदैछ । 

युरासिया ग्रुपका अनुसन्धानकर्ताले इरानको निर्यात शून्यमा झर्ने सम्भावना नरहेको बताएका छन् । विश्लेषकहरुका अनुसार इरानको सबैभन्दा ठूलो तेल खरिदकर्ता चीनले आगामी दिनमा इरानको तेलमा उल्लेख्य कटौती गर्नसक्छ । तर, उसले इरानको  तेल आयातलाई व्यापार वार्तामा समावेश गर्ने छैन । अहिले अमेरिका चीनसँग नयाँ व्यपार सम्झौता गर्ने क्रममा छ । 

पछि नहट्ने मनसायमा चीन

चीनको इरानको सबैभन्दा तेल खरिदकर्ता मुलुक हो । उसले गत वर्ष समग्रमा २ करोड ९३ लाख ब्यारेल तेल खरिद गरेको थियो । यो चीनको समग्र तेल आयातको तुलनामा ६ प्रतिशतको नतिजा हो । त मंगलवार नै चिनियाँ विदेशमन्त्रालयले आधिकारिकरुपमा अमेरिकाको इरानको तेल खरिदमा छूटको समय नबढाउने निर्णयको विरोध गरेको थियो । चीनले अमेरिकाको यो निर्णय नमान्ने निर्णय गरिसकेको छ । साथै उसले आफ्नो इरानसँगको सम्बन्ध कानुनी र तर्कपूर्ण रहेको बताएको छ । 

अहिले चीन र अमेरिकाको बीचमा जारी रहेको व्यापार वार्तामा इरानको मुद्दा अर्को समस्या हुनसक्ने देखिएको छ । यी दुईबीच जारी व्यापारयुद्धको कारण विश्वको समग्र व्यवसाय र उपभोक्ताको नतिजा नकारात्मक देखिँदै आएको छ । जसको असर वित्तीय बजारमा पनि देखिएको छ । आगामी दिनमा व्यापारिक क्षेत्र थप जटिल हुने र अमेरिकाले प्रतिबन्ध लगाउने जोखिमका बीच चीनले इरानको तेल खरिद जारी राख्ने युरासियाका विश्लेषकले बताएका छन् । 

ईसीबीका एक विश्लेषक जार्ने स्केइल्ड्रपले चीन अहिले इरानको तेल खरिदको विषयमा पछि नहट्ने बताएका छन् । यस्तो अवस्थामा आगामी दिनमा चिनियाँ मुद्रामा नै तेल खरिद गर्ने योजना बनाएको छ । 

भारतको इरानसँगको सम्बन्ध ऐतिहासिक र महत्वपूर्ण

युरासिया ग्रुपका अनुसार अहिले भारत पनि चीनकै अवस्थामा छ । भारत अहिले इरानको दोस्रो सबैभन्दा ठूलो तेल आयातकर्ता हो । भारतले पनि इरानको तेल आयात उल्लेख्य मात्रामा घटाउने छ तर पूर्णरुपमा तेल आयात भने उसले रोक्नेछैन । उसले कम्तीमा प्रतिदिन १ लाख ब्यारेल तेल आयात भने जारी राख्नेछ । यो राजनीतिक भन्दा पनि ऊर्जाको सुरक्षाको निर्णय रहेको बताइएको छ । 

युरासिया ग्रुपका विश्लेषकहरुका अनुसार भारतले आफ्नो तेल आयातको स्रोतमा विविधताको लागि गत महीना निकै ठूलो प्रयास गरेको थियो । तर, भारतको लागि इरानसँगको सम्बन्ध निकै महत्वपूर्ण र ऐतिहासिक पनि छ । भारतीय अधिकारीले भने इरानमाथिको प्रतिबन्धबाट आउनसक्ने अवस्थाका लागि तयार रहेको बताएका छन् । अमेरिकाको प्रतिबन्धपछि साउदी अरेबियाले तेलको मागलाई सन्तुलनमा ल्याउनका लागि आफूहरु तयार रहेको बताएका छन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ