arrow

रुसले सार्वजनिक गर्‍यो सबैभन्दा लामो पनडुब्बी

logo
प्रकाशित २०७६ वैशाख १४ शनिबार
belgorod-submarine-russia.png

काठमाडौं। रुसले विश्वको सबैभन्दा लामो पनडुब्बी सार्वजनिक गरेको छ। रुसले आफ्नो विशेष प्रयोजनका लागि बनाइएको पनडुब्बी सार्वजनिक गरेको हो। बेल्गोरोड नाम दिइएको यो पनडुब्बीले विभिन्न किसिमको सैन्य मिसनका लागि काम गर्ने बताइएको छ। अहिले रुसले सार्वजनिक गरेको यो पनडुब्बी यूएस नेभीको भन्दा पनि ठूलो छ।

६ सय फिट लामो यो पनडुब्बीले पहिलो विश्वयुद्धमा प्रयोग गरिएको पनडुब्बीको भन्दा पनि बढी पानी विस्थापित गर्न सक्छ। साथै यो पनडुब्बी १७ सय फिट गहिराइसम्म जान सक्छ। यो पनडुब्बी अप्रिल २३ मा सार्वजनिक गरिएको हो। यो पनडुब्बी सार्वजनिक गरिएको कार्यक्रम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्याटेलाइटको माध्यमबाट प्रत्यक्षरुपमा हेरेका थिए।

आधिकारिक रुपमा यो पनडुब्बी प्रोजेक्ट ०९८५२ अनुसार निर्माण गरिएको हो। शुरुमा यो ओस्कार सेकेण्ड क्लास क्रुस मिसाइल पनडुब्बीको रुपमा निर्माण गरिएको हो। यसलाई पूरा गर्न रुसले कोष प्रदान गरेको थियो। रुसले आफ्नो विशेष मिसनको लागि तयार पारेको यो पनडुब्बी अहिलेसम्म पूर्णरुपमा तयार भने भइसकेको छैन। यो पनडुब्बीले अमेरिकाको पनडुब्बीको भन्दा ५० प्रतिशत बढी पानी विसथापित गर्न सक्छ।

यो पनडुब्बी सञ्चालनमा आएको खण्डमा यस किसिमको यो विश्वको एकमात्र पनडुब्बी बन्नेछ। न्युक्लियर हतियारसहितको यो पनडुब्बी कुनै युद्धका लागि तयार पारिएको होइन। साथै यसको प्रयोग ब्यालेस्टिक मिसाइलको लागि पनि प्रयोग गरिने छैन। तर, यसको प्रयोग समुद्रमुनि सामग्रीहरु ओसारपसारका लागि प्रयोग गरिने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्।

यो पनडुब्बीमा केही नयाँ प्रविधिको प्रयोग गरिने अपेक्षा छ। विश्लेषकले रुस आफ्ना पनडुब्बीको सुरक्षामा सफल देखिएको बताएका छन्। रुस र अमेरिकाको बीचमा द्वन्द्व जारी रहेको अवस्थामा रुसले यस किसिमको पनडुब्बी सार्वजनिक गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ