arrow

अमेरिकाको यहुदी प्रार्थनासभामा अन्धाधुन्ध गोली प्रहार

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
us-attack1.jpg

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा एक यहुदी प्रार्थनासभामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको छ । उक्त अन्धाधुन्ध गोली प्रहार घटनामा एक महिलाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् ।

सान डियागोको उत्तरमा अवस्थित पोवेको यहुदीहरुको आराधनास्थलमा भएको गोली प्रहारमा संलग्न भएको आशंकामा प्रहरीले १९ वर्षे युवकलाई पक्राउ गरेको छ । 

त् उक्त घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना घृणाका कारण उब्जिएको अपराध अर्थात् ‘हेट क्राइम’ भनेका छन् ।

६ महिनाअघि पनि यस्तै घटना भएको थियो । पिटर्सबर्गमा बन्दुकधारीले गोली प्रहार गरी ११ जनाको हत्या गरेको थियो । 

अमेरिकामा पनि पछिल्लो समयमा यस्ता घटनामा वृद्धि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ