arrow

बस दुर्घटनामा परी १२ जनाको मृत्यु २६ घाइते

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार

काठमाडौं । भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । 

शनिबार बेलुकी हिमांचल प्रदेशको पठानकोटबाट डलहौजी जाँदै गरेको निजी बस नैनीखण्डको नजिकै पंजपुलामा दुर्घटनामा परेको हो । 

बस २५० फिट तल खसेको थियो । घाइतेमध्ये केहीको अवस्था नाजूक भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

मृतकमध्ये सातको घटनास्थलमै र पाँच जनाको डलहौजी र बनीखेतका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

मुख्यमन्त्री जयराम ठाकुरले घटनाबारे दुःख व्यक्त गर्दै पीडितलाई राहतका लागि तत्काल सुनिश्चित गर्न स्थानिय प्रशासनलाई निर्देशन दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ