arrow

प्रधानमन्त्री इमरानको तेस्रो विवाह टुट्छ भन्नु च्यानललाई पर्‍यो महंगो

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
imran-khan-bushra-bibi.jpeg

काठमाडौं ।  पाकिस्तानको एक निजी समाचार च्यानललाई प्रधानमन्त्री इमरान खान र उनकी पत्नीको दाम्पत्य जीवनमाथि कार्यक्रम दिखाउनु महंगो परेको छ ।

पाकिस्तान इलेक्ट्रानिक मीडिया रेगुलेटरी अथझरिटी (पीईएमआरए) ले शनिवार न्यूज च्यानलमाथि १० लाख पाकिस्तानी रुपैयाँको जरीवना लगाएको छ ।

न्यूज च्यानलले आफ्नो एक कार्यक्रममा इमरानको तेस्रो श्रीमती बुशरा बीबीसँगको सम्बन्ध खराब भएको दावी गरेको थियो । साथै यो विवाह ज्यादा दिन नटिक्ने बताइएको थियो ।

पीईएमआरएले  न्यूज च्यानललाई आफ्नो सोहि प्राइम टाइम कार्यक्रममा दर्शकहरुको अघि  सात दिन भित्र माफी माग्न निर्देश दिएको छ । जसले प्रधानमन्त्रीको दाम्पत्य जीवनलाई लिएर दावी गरेको थियो ।

 पाकिस्तान क्रिकेट बोर्डका पूर्व अध्यक्ष नजम सेठीको कार्यक्रम ‘नजम सेठी के साथ’ ३० मार्चमा २४ च्यानलबाट प्रसारित भएको थियो ।

सो कार्यक्रममा इमरान र उनको तेस्रो श्रीमती बिच गम्भीर मतभेद रहेको दावी गरिएको थियो । सेठीले आफ्नो  कार्यक्रममा इमरानको अघिल्लो दुई विवाह जस्ते तेस्रो विवाह पनि टुट्ने बताएका थिए ।

रिपोर्ट प्रसारण भएसँगै प्रधानमन्त्री इमरानले पीईएमआरएसँग सम्पर्क गरेर मीडिया समूहद्वारा प्रसारित गरिएको सो कार्यक्रम माथि उजुरी गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ