arrow

तलब नपाएपछि क्यान्सर पिडित जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
jet-airways-boeing-777.jpg

काठमाडौं । जेट एयरवेजका सबै उडान बन्द भएसँगै यहाँका कर्मचारीको अवस्था दयनीय बन्न पुगेको छ । जेट एयरवेजका कर्मचारीले आफ्नो मागलाई लिएर लगातार प्रदर्शन गरिरहेका छन् ।
 
यसैबीच भारतको महाराष्ट्रमा एक कर्मचारीले डिप्रेसनमा आएर आत्महत्या गरेका छन् । महाराष्ट्रको पालघरमा बस्ने शैलेश सिंह नाम गरेका कर्मचारीले आफ्नो घरको छतबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

जेट एयरवेजका वरिष्ट टेक्निसियन रहेका उनले तीन महीनादेखि तलब पाएका थिएनन् । समाचारमा बताइएअनुसार उनलाई लामो समयदेखि क्यान्सर थियो । लामो समयदेखि उनी रोगको उपचार गराइरहेका थिए । किमोथेरापी पछि उनी हालसालै घर फर्किएका थिए ।

यसैबीच जेट एयरवेजका कर्मचारी संगठनले शैलेश आर्थिक संकटको सामना गरिरहेका थिए । जेट एयरवेजको उडान बन्द भएसँगै कर्मचारीहरुले लगाताररुपमा आफ्नो प्रदर्शन जारी राखेका छन् ।

शनिवार पनि कर्मचारी र उनीहरुका आफन्तले दिल्लीको जन्तर–मन्तरमा मैनबत्ती मार्च निकालेका थिए । प्रदर्शनकारीले जेट एयरवेजको उडान पुनः शुरु गर्नुपर्ने माग गरेका छन् । प्रदर्शनमा स–साना बालबालिका पनि सहभागी थिए ।

यसअघि पाइलटको संगठनले भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग एसबीआई बैंकलाई पाइलटहरुको एक महीनाको तलब उपलब्ध गराउने निर्देशन दिन आग्रह गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ