arrow

कांग्रेस बरियता : एक नम्बरमा शेरबहादुर, १३ नम्बरमा खुमबहादुर (सूचीसहित)

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
congress-new-photo.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति पहिलो बैठकले पार्टीको पदीय संरचनाको बरियता सार्वजनिक गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठकले बरियताक्रम सार्वजनिक गरेको हो । बरियता अनुसार पार्टी सभापति शेरबहादुर देउवापछि दोस्रोमा रामचन्द्र पौडेललाई बरिष्ठ नेता बनाइएको छ । 
 
तेस्रो बरियताको उप–सभापतिको टुंगो लागिसकेको छैन । चौथोमा निर्वाचित महामन्त्री डा. सशांक कोइराला तथा पाँचौ नम्बरमा मनोनित महामन्त्रीका भनिएको छ । जसको समेत टुंगो लाग्न लाग्न बाँकी छ ।  छैठौमा निर्वाचित कोषाध्यक्ष सीतादेवी यादव, सातौंमा मनोनित सह–महामन्त्री टुंगो लाग्न बाँकी छ । यसैगरी आठौंमा प्रकाशमान सिंह, नवौंमा कृष्णप्रसाद सिटौला, दशाैँमा गोपालमान श्रेष्ठ, ११औं नम्बरमा विमनेन्द्र निधि, १२औंमा कुलबहादुर (केबी) गुरूङ र १३औं नम्बरमा खुमबहादुर खड्कालाई राखेको छ । यद्यपि, दशौं नम्बर देखिका नेताहरु तेस्रो बरियताको उपसभापति र पाँचौ नम्बरको महामन्त्रीको दौडमा छन् ।
 
१३औं नम्बरमा रहेका खुमबहादुर तेस्रो बरियताको उपसभापति बन्ने पक्का पक्की रहेको उनी निकट नेताहरुको जिकिर छ । यद्यपि, देउवा पक्षधर केही नेताहरुले खुमबहादुरलाई कार्यकारी भूमिकामा ल्याउन नहुने सुझाव दिएका छन् । विमलेन्द्र नीधि र खुमबहादुर उपसभापतिका लागि लागेपछी महामन्त्रीमा नयाँ अनुहारको बहस हुन थालेको छ । बालकृष्ण खाँण र पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्कासहितको चर्चा महामन्त्रीमा छ । 
 
१.सभापति शेरबहादुर देउवाले
२.रामचन्द्र पौडेललाई
३.उपसभापति 
४.महामन्त्री शशांक कोइराला
५.मनोनित महामन्त्री
६.कोषाध्यक्ष सीतादेवी यादव
७.मनोनित सहमहामन्त्री
८.प्रकाशमान सिंह
९.कृष्ण सिटौला
१०.गोपालमान श्रेष्ठ
११.विमलेन्द्र निधि
१२.कुलबहादुर गुरुङ
१३.खुमबहादुर खड्का
१४.चित्रलेखा यादव
१५.पूर्णबहादुर खड्का
१६.रामशरण महत
१७.अर्जुन नरसिंह केसी
१८.बलबहादुर केसी
१९.महेश आचार्य
२०.नरहरि आचार्य
२१.प्रदीप गिरी
२२.बालकृष्ण खाँण
२३.ज्ञानेन्द्रबहादुर कार्की
२४.रमेश रिजाल
२५.नारायण खड्का
२६.मिनेन्द्र रिजाल
२७.प्रकाश शरण महत
२८.फर्मुल्ला मन्सुर
२९.मानवहादुर विश्वकर्मा
३०.सुजाता कोइराल
३१.दिलेन्द्र बडु
३२.एनपी साउद
३३.उमाकान्त चौधरी
३४.भीष्म राज आङदेम्बे
३५.शेखर कोइराला
३६.जीवनबहादुर शाही
३७.आनन्दाप्रसाद ढुंगाना
३८.दीपक गिरी
३९.नविन्द्रराज जोशी
४०.चन्द्र भण्डारी
४१.कमला मन्त
४२.अजय चौरसीया
४३.अम्बिका बस्नेत
४४.धनराज गुरुङ
४५.महेन्द्र यादव
४६.पुस्पा भुषाल
४७.सुरेन्द्रराज पाण्डे
४८.रत्ना शेरचन
४९.शंकर भण्डारी
५०.मीन विश्वकर्मा
५१ गगन थापा
५२.बद्री पाण्डे
५३.जीवन परियार
५४.इश्वरी न्यौपाने
५५.सीता गुरुङ
५६.सुजाता परियार
५७.पार्वता डिसी चौधरी
५८.गोविन्द भट्टराई
५९.गुरुराज घिमिरे
६०.प्रदीप पौडेल
६१.कल्याणकुमार गुरुङ
६२.चीनकाजी श्रेष्ठ
६३.रामकृष्ण यादव
६४.मोहनबहादुर बस्नेत
६५.देवेन्द्रराज कँडेल
६६.हृदयराम थानी
६७.बीरबहादुर बलायर
६८.विश्वप्रकाश शर्मा
६९.डीला सग्रौला
७०.रमेश लेखक
७१.सरिता प्रसाई
७२.बहादुरसिंह लामा तामाङ
७३.लक्ष्मी परियार
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ