arrow

कांग्रेसको नयाँ केन्द्रीय समितिको पहिलो बैठकमा के–के भयो निर्णय ?

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
new-baithak.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्य समितिको पहिलो बैठकले ६ बुँदे निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठकले महाधिवेशन सम्मन्न भएको धन्यवाद प्रस्ताव, पार्टीको संसदीय दलको नेता छान्न निर्वाचन, भ्रातृसंगठनको निर्वाचन, भूकम्पपछीको पुनःनिर्माण,  देशमा रहेका विभिन्न अभाव र संविधान कार्यान्वयनको पहलका विषयमा छलफलगरी निर्णय गरेको हो । 
निर्णयको पूर्णपाठ 
 
केन्द्रीय कार्यसमितिको निर्णयहरु :
१. नेपाली कांग्रेसको तेह्रौ महाधिवेशन सम्पन्न भएको छ । देशमा विद्यमान संक्रमणकालीन परिस्थिति र तत्कालिन सभापति श्री सुशील कोइरालाको असामयिक निधनबाट उत्पन्न परिस्थितिका बीच हामीले हाम्रो पार्टीको महाधिवेशन सम्पन्न गर्न सफल भएका छौं । स्थानीय स्तरमा पार्टी संगठनलाई शसक्त र प्रभावकारी बनाउँदै गाउँ, नगर वडा, नगर, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरी पार्टीको केन्द्रीय महाधिवेशन समेत सफलतापूर्वक सम्पन्न गरेको यो अवसरलाई नेपालभित्र र छिमेकी मुलुकहरुबाट समेत आन्तरिक लोकतन्त्रको उत्कृष्ट अभ्यासका रुपमा लिइएको छ । यसका लागि हामी गर्व महशुस गर्दछौं ।
 
सर्वप्रथम, नेपाली कांग्रेसको तेह्रौ महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गरेकोमा निवर्तमान केन्द्रीय कार्यसमितिलाई यो बैठक धन्यवाद ज्ञापन गर्दछ । साथै, तेह्रौ महाधिवेशनलाई सफलताका साथ सम्पन्न गर्न गठित तेह्रौ महाधिवेशन मूल तयारी समिति, महाधिवेशन व्यवस्थापन समिति, नीति तथा कार्यक्रम प्रस्ताव समिति, पार्टी विधान संशोधन समिति, अर्थ समिति, भोजन–आवास व्यवस्थापन समिति, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रचार प्रसार समिति, मंच व्यवस्थापन समिति, स्वास्थ्य समिति, सांस्कृतिक समिति र स्वयंसेवक व्यवस्थापन समितिलाई यो बैठक धन्यवाद ज्ञापन गर्दछ ।
 
नेपाली कांग्रेसको तेह्रौ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने तथा सफलताका लागि शुभकामना र शुभेच्छा प्रकट गर्नु हुने सबैको सहयोग र सदभावबाट सम्पन्न भएको हो । पार्टीको निमन्त्रणालाई स्वीकार गरी महाधिवेशन उद्घाटन समारोहमा सरिक हुन उपस्थित हुनु भएका राजनीतिक दलका नेताहरु, छिमेकी तथा मित्रराष्ट्रका विभिन्न राजनीतिक दलका विशिष्ट महानुभावहरु, कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु, नेपालस्थित दातृ निकायका प्रमुख एवं प्रतिनिधिहरु सवैमा यो बैठक हार्दिक धन्यवाद प्रकट गर्दछ । महाधिवेशनको सफलताको लागि शुभकामना प्रेषित गर्नु हुने विभिन्न मुलुकका विभिन्न राजनीतिक दलका प्रमुखहरुप्रति पनि यो बैठक हार्दिक धन्यवाद प्रकट गर्दछ ।
 
पार्टीको स्थानीय अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्म निरन्तर सहयोग पुर्याई यो अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका सबै सुरक्षा निकायहरु, स्थानीय तहदेखि केन्द्रीय महाधिवेशनलाई अत्यन्त महत्वका साथ निरन्तर प्रसारण र प्रकाशन गरी आम श्रोता तथा पाठकहरुलाई सुसूचीत बनाउन अहोरात्र खट्नु हुने स्वदेशी तथा विदेशी सवै श्रव्य–दृष्य र छापा संचार माध्यमहरुप्रति पनि यो बैठक हार्दिक धन्यवाद प्रकट गर्दछ ।
 
देशभरीको क्रियाशील सदस्यताहरुको छानवीन गरी नवीकरण गर्ने र नयाँ सदस्यता प्रदान गर्ने कार्यको टुंगो लगाउन गठित क्रियाशील सदस्यता छानवीन समितिलाई धन्यवाद ज्ञापन गर्दछ । त्यस्तै, पार्टीको तेह्रौ महाधिवेशन अन्तर्गत स्थानीय तहदेखि केन्द्रसम्म पार्टीको संगठनात्मक संरचनाको निर्वाचन सम्पन्न गराउनका लागि गठीत केन्द्रीय निर्वाचन समिति र अधिवेशनहरु सम्पन्न गर्नका लागि देशभर खटिनु भएका केन्द्रीय निर्वाचन समितिका प्रतिनिधि साथीहरुप्रति यो बैठक हार्दिक धन्यवाद प्रकट गर्दछ ।
 
अन्त्यमा, पार्टीको स्थानीय तहदेखि केन्द्रीय महाधिवेशनसम्म अनवरत रुपमा अहोरात्र सक्रिय रही पार्टीलाई नयाँ जीवन र गतिशिलता दिनमा अतुलनीय योगदान पु¥याउनु हुने स्वदेश भित्र र विदेशमा समेत रहनु भएका नेपाली कांग्रेसका आधारस्तम्भ सम्पूर्ण क्रियाशील सदस्य साथीहरु तथा महाधिवेशन प्रतिनिधि साथीहरुप्रति पनि यो बैठक हार्दिक धन्यवाद प्रकट गर्दछ ।
 
नेपाली कांग्रेसको तेह्रौ महाधिवेशनको सफलताको लागि प्रत्यक्ष र अप्रत्यक्ष सहयोग र शुभेच्छा प्रकट गर्नु हुने सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
 
२. नेपाली कांग्रेस संसदीय दलको विधान २०६५ (संशोधित र परिमार्जित) को धारा ५ (३) बमोजिम नेपाली कांग्रेस संसदीय दलको नेता लगायत संसदीय दल कार्यसमितिको निर्वाचनका लागि देहाय बमोजिम ३ सदस्यीय निर्वाचन समितिको गठन गरिएको छ ।
१.   संयोजक – श्री रमेश रिजाल
२. सदस्य – श्री सुरेन्द्रराज पाण्डे
३. सदस्य – श्री गुरुराज घिमिरे
 
३. नेपाली कांग्रेस आवद्ध भातृ संस्थाहरु— नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायत केन्द्रीय महाधिवेशन हुन वाँकी रहेका सबै भातृ संस्थाहरुको ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्न सम्वन्धित भातृ संस्थाहरुको प्रगति र वर्तमान अवस्थाका वारेमा आफ्नो प्रतिवेदन यथाशिघ्र पार्टी सभापति समक्ष पेश गर्न निर्देश गर्ने ।
 
४. गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट घरवारविहिन भई कष्ट भोगिरहेका जनतालाई राहत र अन्य सहयोगमा भएको ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराउनुका साथै पुननिर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन सरकारसँग मांग गर्दछ ।  
 
५. देशमा हाल भैरहेको इन्धनको अभाव, महंगी र कालो बजारी नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । 
 
६. संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भइसकेको वर्तमान अवस्थामा यसको कार्यान्वयन गर्ने सम्बन्धमा अन्य दलहरुसँग गहन छलफल र परामर्श गर्ने, सिमाङ्कन तथा मधेशका अन्य समस्याहरुको समाधानका लागि नेपाली कांग्रेसले अग्रसरता लिने निर्णय गर्दछ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ