arrow

रक्षामन्त्रीलाई सेनाबाट समसामयिक विषयमा ब्रिफ

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
nepali-sena-new-news.jpg.jpeg
काठमाडौं । नेपाली सेनाले उपप्रधान तथा रक्षामन्त्री भीम बहादुर रावललाई समसामयिक विषयमा जानकारी गराएको छ । शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच नेपाली सेनाले मन्त्री रावललाई समसामयिक बिषयमा जानकारी गराएको हो । कार्यक्रममा प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले विभिन्न सैन्य गतिविधिबारे अवगत गराए । कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायहरुले समसामयिक बिषयमा आ–आफ्नो प्रस्तुति राखे । 
 
कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री रावलले नेपाली सेनाले गरेका कार्यहरुको उच्च मूल्याङ्कन गरी भविष्यमा समेत अझ प्रगाढ रुपमा नेपाली सेनाले आप्mनो जिम्मेवारी तथा भूमिका निर्वाह गर्न सक्षम रहने विश्वास गरे ।  रक्षा सचिव जयमुकुन्द खनाल लगायत रक्षा मन्त्रालयका पदाधिकारी तथा नेपाली सेनाका रथीहरु कार्यक्रममा सहभागि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ