arrow

चिनियाँ विमानले जित्न सक्लान् बोइङ र एयरबसलाई

logo
एजेन्सी,
प्रकाशित २०७६ वैशाख १५ आइतबार
comac-boeing-airbus.jpg

काठमाडौं। पछिल्लो एक दशकमा चीन विश्वको सबैभन्दा ठूलो हवाई बजार बन्न पुगेको छ। चीन अहिले आफ्नै विमान पनि निर्माणको योजनामा अघि बढिरहेको छ। पूर्वी क्षेत्रमा पश्चिमा कम्पनीलाई पछि पार्दै चीन अघि बढ्ने योजनामा छ।

अहिले चीनको कमर्सियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना (कोम्याक) ले अहिले विभिन्न आलोचनाको सामना गरिरहेको छ। केही विश्लेषकले यी विमान निर्माताहरु आगामी दिनमा प्रमुख विमान निर्माता कम्पनीहरु बोइङ र एयरबसको प्रतिस्पर्धी कम्पनी बन्नसक्ने बताउँदै आएका छन्। 

केहीले भने चीन सरकारको सहयोगमा विमान निर्माण गरिरहेको विमान कम्पनीले उच्च प्रविधिका विमान निर्माण गर्नुले अहिले बजारमा रहेका सबै विमान निर्मातालाई चुनौती पेश गर्नसक्ने बताएका छन्। हवाई परामर्शदाता कम्पनी एन्डाउ एनालाइटिक्सका संस्थापक शुकोर युशुफले हवाई बजारबारे चीनको क्षमतालाई नजरअन्दाज गर्न नसकिने बताएका छन्। पछिल्लो समय अमेरिका–युरोपेली निर्माताको विकल्प खोज्न थालिएको अवस्थामा चिनियाँ कम्पनीलाई राम्रो मौका मिल्नसक्ने बताइएको छ। 

कोम्याकले के बनाउँछ ?
अहिलेसम्म यसले दुई विमान बनाउँदै आएको छ। एआरजे २१ र सी ९१९ मोडलका दुई विमान उसले निर्माण गरिरहेको छ। साथै अहिले कम्पनीले तेस्रो मोडलका लागि रुससँग सहकार्य गरिरहेको छ। अहिले सम्म ९० सिटको एआरजे २१ जेट विमान मात्र सेवामा आएको छ। तर, यो विमानमा देखिएको ढिलाइ, अनावश्यक आवाज आउने र अन्य केही समस्याको कारण यो विमान अस्वीकृत हुँदै आएको छ। यसको सट्टामा ब्राजिलको एम्ब्राइयर र क्यानडाको बम्बार्डियरका विमानमा मानिसहरुले रुचि देखाएका छन्।

टियल ग्रुप एभिएशनका विश्लेषक रिचार्ड अबौलाफियाले चीनको विश्व बजारमा सबैभन्दा ठूलो विमान निर्माता बन्ने लक्ष्यको विषयमा अहिलेसम्म यो विमान चीनभन्दा बाहिर नपुगेकोले लक्ष्यअनुसारको नतिजा हासिल हुन कठिन रहेको बताए। कोम्याकको ठूलो महत्वाकांक्षा सी ९१९ को विमानमा छ। यो विमान १ सय ६८ सम्म सिट हुनेछन्। चीनको सबैभन्दा ठूलो यात्रुवाहक विमानको निर्माण एयरबसको ए ३२० नियो र बोइङको ७३७ म्याक्ससँग प्रतिस्पर्धा गर्ने उद्देश्यका साथमा निर्माण गरिएको हो।

यो विमानको परीक्षण उडान गत डिसेम्बरमा गरिएको थियो। यसको पहिलो डेलिभरी २०२१ मा हुने अपेक्षा छ। यस विषयमा कोम्याकले भने कुनै जानकारी दिएको छैन। तर, उपलब्ध तथ्यांकअनुसार यो विमानको लागि १ हजारभन्दा बढी प्रतिबद्धता आइसकेका छन्। जसमा धेरैजसो चिनियाँ एयरलाइन्स र आन्तरिक भाडामा रहेका कम्पनीले यो विमानको प्रतिबद्धता जनाएका छन्। 

अबौलाफियाका अनुसार उक्त समयमा कोम्याकको यो विमान निर्माण हुनुमा केही ठूलो जोखिम रहेको छ। त्यतिबेलासम्म एयरबस र बोइङले निकै गुणस्तरीय विमान प्रदान शुरु गर्ने उनको भनाइ छ। रुससँगको सहकार्यमा कोम्याकले सीआर९२९ विमान निर्माण गरिरहेको छ। यसमा २ सय ८० यात्रु अटाउनेछन्। 

कोम्याक कहाँ उड्न सक्छ ? 
अहिलेसम्म चीनको हवाई उड्डयन नियामकले मात्र यो विमान उडाउन अनुमति दिएका छन्। साथै उसका विमान एसिया, अफ्रिका र दक्षिण अमेरिकाका अन्य क्षेत्रमा पनि सेवा दिन सक्छन्, जहाँ चीनको अनुमतिलाई मान्यता दिइन्छ। तर, उक्त बजारमा आफ्नो सेवा विस्तारको लागि चीनलाई अमेरिकाको फेडेरल एभिएशन एड्मिनिस्ट्रेशन (एफएए) र युरोपियन एभिएशन सेफ्टी एजेन्सी (ईएएसए)ले सहयोग गर्नु जरुरी छ।

उक्त विमानले पश्चिमा प्रमाणपत्र पाउँछ कि पाउँदैन भन्ने ठूलो प्रश्न रहेको फ्लाइट ग्लोबल्सका एसिया फाइनान्सका सम्पादक एलिस टेलरले बताए। उनले भने, कोम्याकले प्रमाणपत्र त पाउने तर कहिले पाउने भन्ने विषयमा पनि अन्योल रहेको बताएका हुन्। 

अमेरिका र युरोप विना पनि टिक्ला त कोम्याक ? 
अमेरिका र युरोपको सहयोग विना पनि कोम्याकलाई आन्तरिक बजारमा ठूलो अवसर छ। सन् २०२० को मध्यसम्ममा चीनको हवाई बजारले अमेरिकालाई पनि पछि पार्नसक्ने बताइएको छ। अहिले बोइङको ७३७ म्याक्स विमानलाई विश्वभर उडानमा रोक लगाइएको छ। यस्तो अवस्थामा चिनियाँ कम्पनी अवसरको खोजीमा रहेका छन्। यस्तो अवस्थामा यदि कोम्याकको विमान सेवामा आए, त्यसले चीनको बजारमा बोइङको अभावलाई पूरा गर्ने विश्लेषकले बताएका छन्। 

कोम्याकको लक्ष्य 
कोम्याक आफ्नो सेवा अफ्रिका र एसियामा विस्तार गर्ने लक्ष्यमा छ। कम्पनीको विमानको मूल्य एयरबसको विमानको तुलनामा झण्डै आधा बराबरको छ। जसको कारण यो बजारमा उसको माग उल्लेख्य रहन सक्छ। साथै यो क्षेत्रमा चीनको नीतिको लक्ष्य पनि मेल खान्छ। चीन आफ्नो महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिशिएटिभको लागि अघि बढिरहेको अवस्थामा विमान निर्माणको योजनालाई पनि यसले सहयोग गर्न सक्छ। विश्लेषकले अहिले चीनले साना मुलुकको विमानस्थल निर्माणका लागि गरेको लगानीमा एआरजे २१ को मापदण्डअनुसारका मात्र विमानस्थल बन्दैछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ