arrow

अग्युरोले लगे म्यानचेष्टर सिटीलाई उपाधिको नजिक, यस्तो छ अन्य समीकरण

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
aguero1.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी उपाधि नजिक पुगेको छ । आफ्नो ३६ औं खेलमा आइतबार राति सिटीले बर्नलीलाई १–० ले पराजित गर्यो । 

The Argentine striker fired a shot at goal while being crowded out by several Burnley defenders in the second half

बर्नलीको मैदानमा सिटीलाई विजयी गराउन एक मात्र गोल सर्जियो अग्युरोले गरे । उनले खेलको ६३ औ मिनेटमा गोल गर्दै सिटीलाई महत्वपुर्ण तीन अंक दिलाएका हुन् ।

Aguero's shot is blocked on the line by Matt Lowton (left) but the Burnley defender is unable to keep the ball out

यो जितपछि सिटी पुनः शीर्ष स्थानमा पुगेको छ । ३६ खेलको समाप्तिसम्म सिटीले दोस्रो स्थानको लिभपुलसंग एक अंकको अग्रता लिएको छ ।

Aguero celebrates with his City team-mates after scoring his 20th Premier League goal of the season

सिटीको ९२ तथा लिभरपुलको ९१ अंक छ । तेस्रो स्थानमा टोटनह्याम (७० अंकबाट) रहेको छ भने चौथो स्थानको भिडन्त थप रोचक देखिएको छ । 

David de Gea produced another high-profile mistake as Manchester United and Chelsea drew 1-1 in the Premier League

आइतबार रातिका खेलमा म्यान्चेष्टर युनाइटेडसंग १–१ को बराबरीपछि चेल्सी ६८ अंकसहित चौथो स्थानमा छ । 

Marcos Alonso punished De Gea's handling error by latching onto the loose ball to slot past the goalkeeper from a tight angle

लेस्टर सिटीसंग ३–० ले पराजित भएपछि आर्सनल ६६ अंकबाट पाँचौं स्थानमा झरेको छ । छैटौं स्थानको म्यान्चेष्टर युनाइटेडको ६५ अंक छ ।  

Vardy puts the finishing touch on his team's convincing victory with a simple finish deep into injury-time

हडर्सफिल्ड टाउन र फुल्हम रेलिगेशनमा परिसकेका छन् भने अब कार्डिफ सिटी र ब्राइटनमध्ये एक टिम रेलिगेशनमा पर्नेछ । 

कार्डिफको ३१ र ब्राइटनको ३५ अंक छ । ३८ अंकको साउथह्याम्पटन रेलिगेशनबाट बचेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ