arrow

प्रम ओलीको चीन भ्रमण ‘ट्रेड ट्रान्जिट’ मै खुम्चियो

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
dahal-naya-pic.jpg.jpeg
काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका कार्यसूची र तयारीबारे जानकारी गराएका छन् । बैठकपछि समिति संयोजक पुष्पकमल दाहालले भ्रमणको तयारीबारे बैठकमा प्रधानमन्त्रीले जानकारी गराएको बताए । दाहालले भने, ‘भारत भ्रमणबारे सामान्य समिक्षा भयो, भारत भ्रमण सफल भएको निष्कर्ष निकालियो ।’
 
दाहालले प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाबारे जानकारी दिँदै ओलीले समग्रमा आफ्नो भ्रमण तयारीबारे जानकारी गराएको बताए । दाहालले भनेका छन्, ‘बैठकमा सहभागि सबै नेताहरुले आ–आफ्नो राय सुझाव राखे, मूख्यतः यो भ्रमणमा ट्रेड ट्रान्जिटको विषयमा समझ्दारी बढाउनु पर्दछ भन्नेमा केन्द्रीत छ ।’ नीजि व्यापारसंग सम्बन्धित समझदारीलाई अघि बढाउनु पर्दछ भन्ने हामी सबैको मान्यता र जो हो । यो लगायत धेरै कुराहरु हुन्छन् भन्ने जानकारी प्रधानमन्त्रीले दिनु भएको छ , दाहालले थपे, ‘ त्यो समझ्दारी नभए सम्म यसै भन्न सकिँदैन, प्रधानमन्त्रीले चीन भ्रमण गरेपछी सबै थाहा हुन्छ ।’ अहिले सरकारको तयारी जे देखियो त्यो सन्तोषजनक छ । 
 
दाहालले यसपटक चीनमा प्रधानमन्त्रीले टे«ड ट्रान्जिट, इन्धन र महत्पूर्ण आर्थिक क्षेत्र सम्बन्धमा र हामीलाई आवश्यक पर्ने सबै विकास आयोजनाबारे समझ्दारी गर्नु हुनेछ –भने । विकास आयोजनाको हकमा चक्रपथ निर्माण, एयरलाइन्स सम्बन्धी विषय र केही नयाँ समझ्दारी भन्ने सम्भावना छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ