arrow

के भयो जिदानको रियाल मड्रिडलाई ? 

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
real-madrid15.jpg

काठमाडौं । स्पेनिश फुटबल जायन्ट रियाल मड्रिड एकाएक खस्किएको छ । यो सिजनमा राम्रो खेल्न नसकेको रियाललाई उद्दार गर्न पूर्व प्रशिक्षक एवं पूर्व खेलाडी जिनेदिन जिदान आए पनि लयमा पुर्याउन सकेका छैनन् । 

Jesus Vallejo had difficulty dealing with the Rayo Vallecano forwards on Sunday night

आइतबार रातिको खेलमा मड्रिड रायो भायेकानोसंग उसको मैदानमा १–० गोल अन्तरले पराजित भयो ।

Zinedine Zidane rotated his squad with Champions League qualification secured 

रेलिगेशन क्षेत्रमा रहेको टिमले पराजित गरेपछि मड्रिड मर्माहित भएको छ । जिसस भालेजोले जाभी गुएरालाई लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै एड्रियन इम्बार्वाले गोल गरेका थिए । 

Rayo striker Adrian Embarba sends Real keeper Thibaut Courtois the wrong way from the spot

मड्रिड जिदान प्रशिक्षक बनेर फर्केपछि चौथो अवे खेलमा पराजित भएको छ । कमजोर खेलेको मड्रिड च्याम्पियन बनिसकेको बार्सिलोना भन्दा १८ अंकले पछि छ । 

Rayo Vallecano's players celebrate with supporters at full time after defeating Real Madrid

आइतबार रातिका अन्य खेल
भ्यालेन्सिया ०–१ आइबर
गिरोना १–० सेभिया
रियाल सोसिडाड २–१ गेटाफे
भिल्लारियल १–१ हुएस्का

अंक तालिका
३५ औं चरणको समाप्तिसम्म बार्सिलोना ८३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको ७४ अंक छ । तेस्रो स्थानको रियाल मड्रिडको ६५ अंक छ । चौथो स्थानको गेटाफेको ५५, पाँचौं स्थानको सेभियाको ५५ र छैटौं स्थानको भ्यालेन्सियाको ५२ अंक छ । 

रियाल भल्लाडोलिड, रायो भायकानो र हुएस्का रेलिगेशन क्षेत्रमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ