arrow

चौथो चरणको मतदान जारी, भाजपा अगाडि, मैदानमा यस्ता छन् खेलाडी 

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
election3.jpg

काठमाडौं । भारतमा भइरहेको लोकसभा निर्वाचनको चौथो चरणको मतदान सोमबार भइरहेको छ । 

सोमबारको मतदान ७१ सिटका लागि भइरहेको हो । यो चरणमा १२ करोड ७९ लाख मतदाता रहेका छन् । 

९४३ जना उम्मेदवार खडा भएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार उम्मेदवारहरु विचित्रका छन् । 

यीमध्ये ३३ प्रतिशत करोडपति छन् । त्यतिमात्र हैन २३ प्रतिशत उम्मेदवार आपराधिक मामिलामा उजुरी खेपेकाहरु छन् । 

७१ सिट कहाँ ? 
महाराष्ट्रमा १७ सिट
राजस्थानमा १३ सिट
उत्तरप्रदेशमा १३ सिट
पश्चिम बंगालमा ८ सिट
मध्यप्रदेशमा ६ सिट
ओडिशामा ६ सिट
बिहारमा ५ सिट
झारखण्डमा ३ सिट
जम्मू–कश्मीरमा १ सिट

भाजपा अगाडि 
यसपटक पनि चौथो चरणको मतदान भएको क्षेत्रमा भाजपाले बाजी मार्ने विश्लेषण गरिएको छ । 

सन् २०१४ को निर्वाचनमा भाजपाले ४५ सिट जितेको थियो । प्रमुख प्रतिपक्षी काँग्रेस आई २ सिटमा समेटिएको थियो । 

शिवसेनाले ९ तथा बीजद र तृणमूलले ६–६, लोजपा २ तथा सपा र पीडीपले १–१ सिट जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ