arrow

चुनावको दिन तृणमूलका कार्यकर्ता र प्रहरीबीच झडप, केन्द्रीय मन्त्रीको गाडी फुटाइयो

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
West_Bengali_attrack.JPG

पश्चिम बंगाल । भारतमा लोकसभा निर्वाचनको चौथो चरण अन्तर्गत् सोमबार विभिन्न स्थानमा मतदान भईरहेको छ । यही क्रममा विभिन्न स्थानहरुमा तृणमूल काँग्रेसका कार्यकर्ताहरु र प्रहरीबीच झडप भएएको छ । आसनसोल लोकसभा क्षेत्रको पोलिङ्ग बुथ संख्या १९९ मा टीएमसी कार्यकर्ताहरु र सुरक्षाबलबीच झडप भएको हो।  

त्यस्तै सोही ठाउँमा आसनसोलबाट बीजेपीका उम्मेदवार र केन्द्रीय मन्त्री बाबुल सुप्रियोको कारमाथि ती कार्यकर्ताहरुले आक्रमण गरेका छन् । हमलामा उनको कारको सिसा फुटेको छ । तृणमूलका कार्यकर्ताहरुले केन्द्रीय मन्त्री समेत रहेका उनलाई आक्रमण गरेपछि प्रहरीहरुले त्यसको प्रतिरक्षा गरेको थियो । सोही क्रममा सुरक्षाकर्मीहरु र कार्यकर्ताहरुबीच झडप भएको हो । 

आक्रमण पछि केन्द्रीय मन्त्री सुप्रियोले भने म अब आफैं सुरक्षा बलहरुलाई लिएर मतदान केन्द्रमा जानेछु । एकदमै राम्रो कुरा के हो भने पश्चिम बंगालका मतदाताहरु जागरुक छन् र सुरक्षा यो चाहिएको छ कि मतदाताहरुले ढुक्कसँग मतदान गर्न सकुन् । यही कारण हो कि ममता बनर्जी डराएर यस्तो नीच काममा लोगेकी छिन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ