arrow

श्रीलंकामा बुर्का र नकाब माथि प्रतिबन्ध

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
burka.jpg

काठमाडौं ।  श्रीलंका सरकाले अनुहार छोप्ने बुर्का र नकाब माथि प्रतिबन्ध लगाएको छ ।  सो निर्णय श्रीलंका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गरेका हुन् ।

श्रीलंका हमलामा एक महिला पनि सहभागी रहेको अनुसन्धामा खुलेको छ । ती महिलाले बुर्का लगाएकी थिइन् । जसकारण श्रीलंकामा बुर्के माथि प्रतिबन्ध लगाउने निर्णय अघि बढेको हो । 

साथै  सरकारको निर्णयको जानकारी ट्विटरमा पनि दिइएको छ । यो निर्णयसँगै श्रीलंकाका मुस्लिम महिलाहरुलाई बाहिर निस्कन समस्या हुने भएको छ ।  

श्रीलंकाको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च) मा शृङ्खलाबद्ध बम बिस्फोट भएको थियो ।  अघिल्लो आइतबार भएका शृंखलाबद्ध बम विस्फोटमा २५३ मृत्यु भएको थियो ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली बिस्फोट भएको थियो ।

न्युजिल्याण्डमा भएको आक्रमणको प्रतिकार स्वरुप श्रीलंकामा आक्रमण गरिएको भन्ने आतंकवादी भनाइ छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ