arrow

वेस्ट इन्डिजका लागि इंगल्याण्ड विश्वकप: समस्या र चुनौती

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
t--20-west.jpg.jpeg

काठमाडौं । मे ३० देखि इंगल्याण्ड र वेल्समा विश्वकप क्रिकेट २०१९ शुरु हुनेछ । यो प्रतियोगितामा १० मुलुकले सहभागिता जनाउने छन् । यसपटकको विश्वकपका लागि एकदिवसीय क्रिकेटको वरीयतामा अगाडि रहेका ८ मुलुक सोझै र बाँकी २ ओटा मुलुक छनोट चरणबाट आउनुपर्ने व्यवस्था गरिएको थियो ।

यसपटक छनोट चरण गरेर विश्वकपमा पुग्ने दुई मलुुकमध्येको एक हो – वेस्ट इन्डिज । यो टोली पहिलो र दोस्रो विश्वकप उपाधि जितेको मुलुक हो । तर, यो मुलुक अहिले छनोट चरण खेल्नुपर्ने अवस्थामा पुगेको हो । छनोटमा पनि निकै कठिनताको सामना गर्दै यो उसले विश्वकपको यात्रा तय गरेको हो ।

वेस्ट इन्डिजको समस्या वेस्ट इन्डिज एक दिवसीय क्रिकेटमा पछाडि पर्नुको कारण टी–२० क्रिकेटको उदय रहेको रहेको विश्लेषकहरुले बताउने गरेका छन् । धेरै खेलाडीको ध्यान टी–२० क्रिकेटमा आकर्षित हुनुले वेस्ट इन्डिजको क्रिकेटमा समस्या सिर्जना गरेको हो । त्यसका लागि बेलाबेलामा खेलाडी र क्रिकेट संघको बीचमा पनि विभिन्न किसिमको विवाद देखिने गरेको छ ।

केही समयअघि खेलाडी र संघको विवादको कारण भारतसँगको एकदिवसीय प्रतियोगिता खेलाडीले बीचमै छाडेर हिँडेका थिए । जसको कारण वेस्ट इन्डिजको एकदिवसीय क्रिकेट टोली बन्दै गएको देख्न सकिन्छ ।

यसैबीच विश्वकपको लागि वेस्टइन्डिजले आफ्नो टोलीको घोषणा गरेको छ । टोलीमा ओपनिङलाई लिएर केही प्रश्न चिह्न खडा भएका छन् । अहिले सार्वजनिक गरिएको स्क्वाडमा टोलीको ओपनिङ क्रिस गेलले गर्नसक्ने देखिएको छ ।

तर, विश्वकप छनोटपछि उनले खासै एकदिवसीय क्रिकेट खेलेका छैनन् । यो टोलीको अर्को समस्या मार्लोन स्यामुलेसको अभाव पनि हुन सक्छ । यसअघिको विश्वकपमा टोलीकालागि निकै महत्वपूर्ण प्रदर्शन गरेका उनी यसपटक भने टोलीमा छैनन् ।

साथै वेस्ट इन्डिजका अलराउण्डर आन्द्र रसेल पनि एकदिवसीय क्रिकेटमा भन्दा पनि टी–२० क्रिकेटमा राम्रो प्रदर्शन गर्ने खेलाडी हुन् । पछिल्लो समय आईपीएलमा पनि उनले निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।

तर, एकदिवसीय र टी–२० फरक विधाका क्रिकेट हुन् । एकदिवसीय क्रिकेट ५०-५० ओभरको हुन्छ र टि-२० भन्दा बढी संयमता चाहिने हुन्छ । वेस्ट इन्डिजका अन्य खेलाडी पनि धेरै टी–२० क्रिकेटमा व्यस्त हुने गरेको कारण यहाँको एकदिवसीय क्रिकेट प्रभावित बन्ने गरेको हो ।

टोलीका केही राम्रा खेलाडी संघसँगको विवादको कारण टोलीमा नपर्नु यो टोलीको दुर्भाग्य हो । अवसर यसपटक विश्वकप उपाधि भित्र्याउन वेस्ट इन्डिजलाई राम्रो अवसर पनि छ । सन् २०१६ मा उसले टी–२० विश्वकपको उपाधि जितेको थियो ।

यो टोलीका अधिकांश खेलाडीले संकटको समयमा ठूलो सट खेलेर रन बनाउन सक्छन् । यो वेस्ट इन्डिजको लागि सकारात्मक पाटो हो । साथै यो टोलीका धेरै खेलाडी अनुभवी पनि छन् । यसपटकको विश्वकप राउण्ड रोबिन लिगको आधारमा हुने भएकोले खेलाडीलाई लयमा फर्किनको लागि प्रशस्त समय हुनेछ ।

यस्तोमा शुरुका केही खेलमा टी–२० को प्रभाव खेलमा देखिए पनि पछि त्यसलाई सुधार गर्दै लयमा फर्किने अवसरको फाइदा यो टोलीले उठाउन सक्छ ।

वेस्ट इन्डिजको टोली यसपटकको विश्वकपको टोलीमा ब्याटिङमा क्रिस गेल, इभिन लेभिस, ड्यारेन ब्राभो, सिम्रन हेट्मेयरजस्ता खेलाडी छन् । आस्ली नर्स, फाबियान एल्लेन, आन्दे रसेल, कार्लोस ब्राथवेट, जोसन होल्डरजस्ता अलराउण्डर रहेको टिममा निकोलास पुरन र साई होपले विकेटकिपरको भूमिका निर्वाह गर्नेछन् । केमार रोच, ओसाने थोमस, शान्नोन गाब्रियल र शेल्डन कोट्रेलजस्ता खेलाडीले बलिङ सम्हाल्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ