arrow

श्रीदेवीकी छोरीले शाहरुख पुत्रलाई गरिन् रिजेक्ट, यीसँग गर्न चहान्छिन् डेब्यू

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
shreedev-saharukh.jpg

काठमाडौं । दिवंगत बलिउड अभिनेत्री श्रीदेवीकी छोरी अभिनेत्री जाह्ववी कपूर चलचित्र धडकबाट बलिउडमा प्रवेश गरिसकेकी छन् । जाह्नवीपछि अब उनकी कान्छी छोरी खुशी कपूर पनि चलचित्रमा एन्ट्रि गर्दैछिन् । हालै दुवै दिदिबहिनी एक टक शोमा देखिएका छन् । सो क्रममा दुवैले एकअर्काको कुरा खालेका छन् ।

शोमा चलचित्रलाई लिएर रोचक कुराकानी भएको छ । खुशीले भनिन्  ' म चाडै बलिडमा डेब्यू गर्नेछु, पहिलो चलचित्र करण जौहरसँग गर्न चहान्छु , मेरो चलचित्रको हीरो मेरा बुवाले छान्नुहुनेछ। किनभने उहाँ मलाई लिएर पोजेटिभ हुनुहुन्छ ।'

खुशीले भनिन् , ' मानिसहरु मेरो बिषयमा कुरा गर्दै भन्छन् -कहिले बलिउडमा डेब्यू गर्छौ ? यो कुरा मलाई राम्रो लाग्छ । यसलाई सुन्न मजा लाग्छ । म अहिले पनि स्कूलमा छु । '

शोकी प्रस्तोता नेहा धूपियाले खुशीलाई तीन अपशन दिदै सोधिन् कोसँग बलिउड डेब्यू करना चाहन्छौ ? , शाहरुख खानको छोरा आर्यन खान, चंकी पाण्डेको छोरा अहान पाण्डे वा जावेद जाफरीको छोरा मिजान जाफरी । तब खुशीले यी मध्ये अहान पाण्डेको नाम चुनिन्।

खुशीले भनिन् , 'मैली यी तीन मध्ये अहानलाई मात्र अभिनय गर्दै गरेको देखेको छु यसैले मलाई लाग्छ यो  सुरक्षित अपशन हुनेछ ।'

जान्हवी कपूरले यस प्रश्नमाथि अर्को जवाफ दिइन् । जान्हवीले खुशीको डेब्यूको लागि मिजान जाफरीलाई चुनिन् । केहि समय अघि खुशी शाहरुखका छोरा आर्यनसँग बलिउडमा डेब्यू गर्नसक्ने चर्चा भएको थियो ।

शोमा जाह्नवीले बहिनीको गोप्य कुरा खुलासा गरेकी छन् ।  उनले भनिन् 'खुशीलाई शरीरमा ट्याटु बनाउने ठुलो सौख छ । अहिलेसम्म उनले तीन ट्याटु बनाएकी छन् ।' साथै उनले भनिन्, ' ट्याटु बनाएको आमा श्रीदेवीलाई मन परेको थिएन ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ