arrow

नेपाल बैंकको नाफा दुई अर्ब २४ करोड

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
nepal-bank-limited.jpeg

काठमाडौँ । नेपाल बैंक लिमिटेडले रु दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकले आज चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो ।

बैंकको चुक्ता पूँजी रु आठ ८ अर्ब चार करोड २६ लाखबाट बढेर रु नौ अर्ब  अर्ब ८१ करोड ११ लाख पुगेको छ । बैंकले सो अवधिमा रु एक खर्ब  पाँच अर्ब ६३ करोड निक्षेप सङ्कलन रु ८८ अर्ब १९ करोड १२ लाख ऋण प्रदान गरेको छ ।

विवरण अनुसार  बैंकले रु चार अर्ब ७२ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको छ । बैंकको निष्क्रिय कर्जा  अनुपात २.७१ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४.३२ प्रतिशत, आधार ब्याजदर ६.९२ रहेको छ ।

 विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेकोमा चालु आवको सोही अवधिमा भने प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५२ पैसामा सिमित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ