- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। 'बिगब्याङ थ्योरी' ब्रह्माण्डको उत्पत्ति तथा विकासको एउटा मोडल हो। यो मोडल ब्रह्माण्डको उत्पत्तिदेखिको विकासक्रममा आधारित छ। यो मोडलले निकै ठूलो घनत्व र उच्च तापक्रम भएको अवस्थामा कसरी फैलिरहेको छ भन्ने कुराको जानकारी दिन्छ। यसले प्रकाश उत्सर्जन गर्ने वस्तुहरु, कस्मिक माइक्रोवेभ ब्याकग्राउण्ड, ठूलो परिमाणको संरचना र हबल्स नियमको राम्रो व्याख्या पनि गर्न सक्छ। हबल्स नियमका अनुसार पृथ्वीभन्दा जति टाढा रहेका आकाशगंगा पृथ्वीभन्दा त्यति नै छिटो टाढा जान्छ।
बिगब्याङ थ्योरी अनुसार ब्रह्माण्डको अन्तरिक्ष र समय १३ अर्ब ७७ करोड वर्षअघि उत्पत्ति भएको थियो। ब्रह्माण्डको विस्तार शुरु भएयता यो बिस्तारै फैलिँदै गइरहेको छ। अहिले अन्तरिक्ष पनि लगाताररुपमा विस्तार भइरहेको कारण ब्रह्माण्डको शुरु भएको वस्तु १३ अर्ब ७७ करोड प्रकाशवर्ष टाढा पुगिसकेको छ। यसको अर्थ अहिलेको यो ब्रमाण्ड ९३ अर्ब प्रकाशवर्ष टाढा सम्म फैलीएको वैज्ञानिकहरुको अनुमान छ।
के हो 'बिगब्याङ' सिद्धान्त ?
बिगब्याङ सिद्धान्तसँग धेरै मानिस परिचित छन्। यो सिन्द्धान्तअनुसार अहिले यो ब्रह्माण्ड निरन्तर फैलिरहेको छ। तर, अहिलेसम्म यसभन्दा अगाडि के थियो भन्ने विषयमा भने खुल्न सकेको छैन। बिग ब्याङको शुरुआती अवस्थाको विषयमा देखिएको जटिलताको समाधानका लागि वैज्ञानिकहरुले धेरै सिद्धान्तहरु अघि सारेका छन्। त्यसमध्येको सबैभन्दा सफल सिद्धान्त कस्मिक इन्फ्लेशनले ब्रह्माण्डको आकार कसरी बढ्दै भन्ने कुराको केही व्याख्या गरेको छ।
तर, यो सिद्धान्तको विषयमा केही विवाद पनि छन्। पछिल्लो केही वर्षयता यसैको विषयमा बहस हुँदै आएको छ। केही शोधकर्ताले प्रयोगलाई आधारमा मानेर बनाएका केही फरक सिद्धान्तलाई पनि इन्फ्लेशनरी थ्योरीले केही सहयोग गर्न सक्छ। ब्रह्माण्डको शुरुवाती चरणमा यो विस्तार हुनुभन्दा पनि खुम्चिएको केही सिद्धान्तमा उल्लेख गरिएको छ। अनुसन्धानकर्ताले यो सिद्धान्तबारे चासो व्यक्त गर्दै यो बहस कहिल्यै पनि नसकिने बताएका छन्। यसबारे अहिले परीक्षण गर्न नमिल्ने भएकोले यो बहस सधैंका लागि रहने बताएका हुन्। यसलाई गलत साबित गर्न पनि नसकिने केहि वैज्ञानिकहरुको बुझाइ छ। तर पनि कस्मिक इन्फ्लेशन मोडललाई भने फलो गरेको उनीहरुले बताएका छन्।
यसैबीच चिनियाँ वैज्ञानिक सिङयाङ चेनको टोलीले पनि यस विषयमा विभिन्न अनुसन्धान गरिरहेको छ। उनले इन्फ्लेशनरी थ्योरीको अनुसार गरिएको अनुमानबारे केही प्रश्न चिह्न देखिएको बताए। यसले यो सिद्धान्तलाई गलत साबित पनि गर्नसक्ने देखिएको छ।
अन्य सिद्धान्तसँगको यसको भिन्नता पत्ता लगाउन अहिले वैज्ञानिकहरु अन्य सिद्धान्तसँगको यसको भेद पत्ता लगाउने प्रयासमा छन्। इन्फ्लेशन थ्योरीका अनुसार बह्माण्डको आकार निकै कम मात्रामा विस्तार हुँदै गएको छ। तर, अन्य केही सिद्धान्तमा भने शुरुमा ब्रह्माण्डको आकार खुम्चिँदै गएको उल्लेख गरिएको छ। केहीले निकै सुस्त रहेको र केहीले शुरुदेखि नै तीव्र गतिमा ब्रह्माण्डको आकार बढ्दै गएको बताएका छन्।
यसका लागि परिभाषाअनुसारको सिग्नल छ वा छैन भन्ने किसिमको अनुसन्धान गर्न सके यसको उत्तर पत्ता लाग्नेछ। चेनका अनुसार कुनै ठूला पार्टिकल पनि सो समयमा हुन सक्ने र ती पार्टिकल नियमित तरङ्गमा घुमिरहने उनको तर्क छ। यस किसिमको पार्टिकल पनि थ्योरीमा समावेश गर्नुपर्ने उनको भनाइ छ।
ब्रह्माण्डको शुरुवाती अवस्था नियमित किसिमको भने छैन। अहिले देखिएको क्वान्टमको हेराफेरी त्यतिबेलाको अवस्था बुझ्ने एक महत्वपूर्ण स्रोत हो। चेनको थ्योरीअनुसार स्ट्याडर्ड क्लकको सिग्नलअनुसार नै यस किसिमको हेराफेरी भएको हो। यस्तोमा कुन अवस्थामा यो थ्योरी वास्तविक थियो भन्ने कुरा पत्ता लगाउनु जरुरी रहेको उनको भनाइ छ।
यसअघिका सबै सूचनाहरुलाई आधार मान्ने हो भने स्ट्याडर्ड क्लकले समयको फ्रेमको बारेमा सहज जानकारी पाउन सकिने चेनको भनाइ छ। तर, अहिलेसम्म शुरुवातमा ब्रह्माण्ड फैलिँदै थियो वा खुम्चिने हो भन्नेमा कुनै स्पष्ट जानकारी पाउन नसकिनु एक समस्या रहेको उनको भनाइ छ। यदि यो समस्या समाधान भएको खण्डमा समय कुन गतिमा परिवर्तन भइरहेको छ भन्ने कुरा थाहा पाउन सकिन्छ।
अहिले चेनको टोली स्ट्याडर्ड क्लकको सिग्नललाई नन इन्फ्लेशनरी थ्योरीसँग दाँजेर गणना गरिरहेका छन्। यदि यो गणना मेल खान गएमा इन्फ्लेशनरी थ्योरी गलत साबित हुनेछ। यस्तोमा उक्त थ्योरीको मोडल कस्तो थियो भन्ने कुराले भने खासै अर्थ नराख्न सक्छ। पछिल्लो समय ब्ल्याकहोलको उद्गम विन्दु पत्ता लाग्नुले पनि ब्रह्माण्डको खोजीमा केही सहयोग पुर्याएको छ।