सम्पुर्ण सृष्टिको कण कणमा व्याप्त 'शब्द ब्रम्ह' के हो ?

भगवानको नाम पराविद्याको बिषय

गुरुज्ञान, प्रकाशित मिति : २०७५ चैत ३ आइतबार

आज जे जति तपाई संसारमा देखि रहनु भएको छ त्यो सबै भगवानको त्यो नामको चमत्कार हो जसलाई शास्त्रमा 'शब्द ब्रम्ह' पनि भनियो । वैज्ञानिकहरुले फलामलाई सुन बनाउन सकिने बताउदै आएका छन् । तपाई यस कुरालाई नमान्न सक्नुहुनेछ तर यो सम्भव छ । कोइला पत्थरलाई दवाव दिएर त्यसलाई हिरामा परिवर्तित गरिन्छ । यस्तो विज्ञानले संभव गरेको छ । यो कसरी संभव भयो ? यदि यो बिषयमा तपाई खोज गर्नुहुन्छ भने यसबाट थाहा हुन्छ सबै 'शब्द ब्रम्ह' को चमत्कार हो ।

'शब्द ब्रम्ह' लाई बुझ्न पहिले 'शब्द' के हो त्यसलाई बुझ्नुपर्छ । यदि हामी शब्दलाई विश्लेष गरे शब्द आफैमा एक स्पन्दन हो । एक भाइव्रेशन हो । जब व्यक्ति कुनै पनि शब्दको उच्चारण गर्छ तब उसको गलाको वोल्ने ग्रन्थी (vocal chords) भाइब्रेट गर्छ स्पन्दित हुन्छ र त्यो स्पन्दन हावाको माध्यमबाट हाम्रो कानसम्म जब पुग्छ तब कानको झिल्ली (eardrums) स्पन्दित हुन थाल्छ । थर्किन थाल्छ ।

तर जुन 'शब्द ब्रम्ह' को चर्चा हाम्रा सन्तले गरे त्यो एक यस्तो आदि-स्पन्दन हो । जसले सारा संसारलाई आफैमा धारण गरेको छ । अर्थात आकाश, धर्ती, प्रकाश यहाँसम्म कि सारा सृष्टि त्यो आदि-स्पन्दनको 'शब्द ब्रम्ह' को नै परिणाम हो, चमात्कार  हो ।

वैज्ञानिकहरुले एक फलाम लिए । फलाम भित्र पनि एक स्पन्धन रहेको छ । त्यस भित्र इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन जुन रहेको छ त्यसलाई घटाएर, बढाएर फलामको स्पन्धनमा परिवर्तन ल्याएर फलामलाई सुन बनाए । यसै प्रकार यो सारा जगत जुन छ त्यो स्पन्दनको नै चमत्कार हो ।

तपाई कुनै कपडालाई सेतो देख्नुहुन्छ किन ? किनभने त्यसमा जब प्रकाश पर्छ तब प्रकाश भित्र रहेको सात तरंग (जसलाई हामि रंग भन्छौ) त्यो तरंग सेतो कपडामा पर्छ तब सो कपडाले कुनै तरंगलाई नसोचिकन सबै तरंगलाई फिर्ता गर्छ र ती सबै तरंग जब हाम्रो आँखासम्म आइपुग्छ तब कपडा सेतो देखिन्छ । तपाइले देख्नु भएको होला गर्मी क्षेत्रका प्राय घरमा सेतो चुनाले पोतिएको हुन्छ । कालो रंगले पोतिदैन किनभने कालो रंगले गर्मीलाई आकर्षीत गर्छ र कालो रंग प्रकाशका सबै तरंगला absorb गर्छ । आफै भित्र सोच्छ जसबाट गर्मी बढ्छ । जबकि सेतो रंगले गर्मीलाई फ्याल्छ । अर्थात प्रकाशको सबै तरंगलाई प्रतिबिम्बित (reflect) गर्छ । बाहिर पठाउछ । यसैले सेतो रंग लगाइन्छ कि सुर्यको तातोपनलाई फ्याकोस र घर भित्र सितल होस ।

भन्नुको अर्थ प्रत्येक रंगहरुले केहि स्पन्दनहरुलाई रोक्छ केहिलाई फ्याक्छ र स्पन्दनहरु अलग अलग भएर नै फरक फर रंग देखिन्छ । स्पन्दनको कारण नै हामीले ध्वनी सुन्छौ। जुन ध्वनी हामीले जति सुन्छौ त्यसको कयौ गुाणा कुकुरले सुन्छ ।  यसरी नै चमेरोले आफ्नो मुखबाट एक स्पन्दन उत्पन्न गर्छ । एक तरंग पैदा गर्छ । त्यो तरंग कुनै वस्तुमा ठोकिएर उसको कानसम्म आएपछि बस्तु कति दुरीमा छ त्यसले थाहा पाउछ । उसले देख्दैन, केवल स्पन्दनको प्रभावले नै आफुलाई नियन्त्रित गर्छ । आफ्नो मार्गदर्शन गर्छ ।

यसै सिद्धान्तको नक्कल गरे बैज्ञानिकहरुले राडर बनाए । अर्थात स्पन्दनको प्रभावबाट भाइब्रेशनको प्रभावबाट सम्पुर्ण संसार प्रभावित छ । यी सबै त्यसैका चमत्कार हुन् । तपाईको नाम लिइन्छ सुनेर तपाई उठ्नु हुन्छ । नाम पनि एक स्पन्धन हो । त्यहि स्पन्दन हाम्रो भित्र पनि छ ।

त्यसैले हाम्रा सन्त महात्माहरु भन्छन्,'म रघुवरको त्यो वन्दना गर्छु जुन अग्नी, सुर्य र चन्द्रमाको कारक हो।' अर्थात त्यो नामबाट सबैको उत्पति भएको हो ।

वैज्ञानिकहरु यो मान्छन् कि सबैभन्दा पहिले अग्नी नै अग्नी थियो मुस्लै मुस्लो थियो । अग्नि चिसो भएपछि सुर्य बन्यो । सूर्यमा विस्फोट भयो, धमाका भयो तब सर्य टेक्रा भयो, जसको पृथ्वी एक टुक्रा हो, चन्द्रमा अर्को टुक्रा हो  । यस्तो उनिहरुको मान्यता छ ।

त्यो धमाका पनि आफैमा एक स्पन्दन थियो । यो सारा संसार भित्र हामी जे देख्छौ, जुन संगीत हामी सन्छौ जुन भाषा हामी बोल्छौ यी सबै स्पन्दनको चमत्कार हो । संसार भित्र यस्तो चिज छैन जुन स्पन्दनबाट अगल होस । दाउरा ठोस हुनु पनि स्पन्दनको नै प्रभाव हो । जल तरल छ त्यो पनि स्पन्दनको नै प्रभाव हो । ग्यास जुन सम्पुर्ण वायुमण्डलमा फैलिएको छ त्यो पनि स्पन्दनको नै प्रभाव हो । कुनै पनि तरल पदार्थको जुन स्पन्दन छ  त्यसलाई बढाएपछि त्यसको रुप परिवर्तित भएर त्यो ग्यास बन्छ । यस प्रकार स्पन्दनलाई अलग अलग प्रभावाट अलग चीज हाम्रो सामु बन्छ ।

यी सबै स्पन्दनको मूलमा जुन एक महास्पन्दन छ । जो आदि-स्पन्दन (primordial vibration) छ । त्यो कण-कणमा व्याप्त छ । त्यसलाई राम भनियो किनकि त्यो सबै चिजमा रमण गर्छ । सर्वव्यापक (omnipresent) छ ।

यदि तपाई सोच्नुहोस कि कुनै भाषाको माध्यमबाट रामको उच्चारण गरौ यहि राम नाम हो तर भाषा त पछि बन्यो । जब मनुष्य को रचना भयो तब विस्तारै उसले संचार (communication) को विचारको आदान प्रदान गर्ने तरिका अपनायो । जहाँ जहाँ मनुष्य रहे त्यहाँ एक अर्कालाई सन्देश दिनलाई आपसमा कुराकानी गर्नको लागि केहि न केहि माध्यम अपनाए । त्यहिबाट फरक फरक भाषा बन्यो । केहि भाषा आर्यावर्तमा बिकास भए, केहि भाषा मंगोलमा बिकास भए र त्यहि विभिन्न भाषाहरुको माध्यमबाट मानिस आफ्नो विचारको आदान प्रदान गर्न थाले ।

यहाँ सम्म कि तपाइ यदि आदिवासिहरुको क्षेत्रमा जानु भए त्यहाँ पनि मानिसहरुको टुटि फुटि भाषा छन् जसको माध्यमबाट उनिहरु केहि न केहि बताउने प्रयास गरिरहेका हुन्छन् । यसरी भाषाहरु फरक फरक छन् वाणिहरु अलग अलग छन् परन्तु त्यो कुन नाम हो जुन सबैको भित्र छ तथा जुन भाषा बन्नु भन्दा पहिले थियो ? त्यो आदि स्पन्दन के हो जुन निरन्तर छ । जुन सृष्टिको रचना भन्दा पहिले पनि थियो । जुन भाषाको उत्पत्ति भन्दा पहिले थियो । जुन वाणी भन्दा पहिले थियो । जसले अग्नी, सूर्य र चन्द्रमालाई बनायो त्यो के नाम थियो ? त्यो स्पंदन के हो जसले सारा संसार बनायो ?

जसको लागि  ईसाई धर्मका प्रवर्तक इसामसीहका शिष्य सेण्ट जोन आफ्नो पवित्र गन्थ 'गोस्पल' मा लेख्छन् - 'In the beginning was the Word. The word was with god and the word was God. By the word everything was made and nothing was made without word.'

कि सबैभन्दा आदिमा एक शब्द थियो । त्यो शब्द भगवानसँग थियो र त्यो शब्द नै भगवान थियो । त्यहि शब्दबाट सबै चीजको रचना भयो । संसारमा केहि पनि त्यो शब्द विनाको छैन । त्यहि शब्दलाई आदि-स्पन्दनलाई हाम्रो शास्त्रमा 'शब्द ब्रम्ह' भनियो । जुन 'शब्द ब्रम्ह' मा यी सम्पुर्ण सृष्टि ओतप्रोत छ । र त्यो सृष्टि रचना भन्दा पनि पहिला थियो ।

जब इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद एक गुफामा गए त उनको अगाडि एक अपरिचित आए । जिब्राईल (भगवानका दूत) आए जसले उनलाई भने,'तिमि रब (भगवान्) को नामबाट पढ ।' उनले भने, 'मलाई रब को नाम आउदैन ।' अब रबको नाम भाषासँग सम्बन्धित भए त उनलाई यो भन्न आवश्यकता थिएन कि मलाई रबको नाम थाहा छैन। त्यसपछि उनि गुफाबाट बाहिर निस्किएर । उनले रब को नाम जाने । तब उनले साचो नमाजको प्रार्थना गरे, जुन रबको नामबाट पढिन्छ तथा समाज सामु सो सत्यलाई राखे ।

वास्तवमा हाम्रा महापुरुषहरुद्वारा वर्णित जुन अनेक नाम छन् । तिनिहरुको हामी अध्यात्मिक विश्लेषण गर्ने हो भने हामी चरम सत्यसम्म पुग्न सक्छौ किनकि उनिहरुले आफ्नो जीवनकालमा त्यही सत्य (आदि-स्पन्दन) को अनुभव गरे । र प्रचार गरे जुन सत्यबाट हाम्रो सृष्टि भयो । जसबाट यो सारा संसार उत्पन्न भयो । त्यो शब्द त्यो नाम भाषा भन्दा परको नाम छ । शास्त्र भन्दा टाढाको नाम छ । यसैले हाम्रा सन्तहरुले भने नाम पराविद्याको बिषय हो । जबकि हाम्रो सबै शास्त्र सबै पुस्तक अपरा विद्या अन्तर्गत पर्दछन् । त्यो नाम यी सबै कुरा भन्दा माथि छ । त्यो परावाणीको विषय हो । जुन हामी सबै भित्र विद्यमान छ । प्रत्येक व्यक्तिको हृदय भित्र विद्यमान छ । त्यसलाई स्वांस स्वांस सुमिरण गर्नको लागि हाम्रा सन्तहरुले भने ।

त्यो शब्द हाम्रो प्राणमा रमिरहेको छ । त्यसैले हाम्रो प्राणबाट त्यसको उच्चारण हुन्छ । जिब्रोबाट हुदैन किनभने त्यो इन्द्रियहरुको बिषय होइन । त्यसलाई बुझ्न जान्नको लागि हामीलाई सद्गुरुदेवको माध्यमबाट आफ्नो भित्र जानुपर्नेछ । जब त्यो कण कणमा रहेको छ भने तपाई भित्र पनि हुनेछ । त्यैले त्यसको पहिचानको लागि हामी बाहिर होइन आफ्नो भित्र  जानुपर्नेछ ।

 भनिएको छ 'A journey of thousand miles begins beneath your feet' अर्थात हजार मीलको यात्राको सरुवात तिम्रो खुट्टाबाट हुन्छ । यसै प्रकार प्रभु मिलनको जुन यात्रा छ त्यो हाम्रो हृदयबाट हुन्छ । जब हामी आफ्नो हृदयमा प्रवेश गर्नेछौ आफ्नो पहिलो कदम बढाउनेछौ तब हाम्रो अध्यात्मिक यात्राको प्रारम्भ हुनेछ । यसको लागि हामी बाहिर भटकिरहनुपर्ने छैन आफ्नो भित्र गएर त्यो शब्द नामलाई जान्नु पर्नेछ ।

सिखहरूका पहिलो गुरु नानक साहब भन्छन्, 'मेरो प्राण भित्र एक शब्द छ । जसको सुमिरण गर्नाले व्यक्ति जन्म मृत्युको चक्करबाट छुटकारा पाउछ ।' त्यसैले हामी पनि त्यो नाम 'शब्द ब्रम्ह' लाई जान्नु पर्नेछ । त्यस नामलाई जानेर त्यसको भजन-अभ्यास गरेर जुन सन्तको उपब्धि थियो त्यसको Achievements थियो । त्यसलाई हामी पनि प्राप्त गर्न सक्छौ ।

यो संभव छ कि हामी पनि जीवन भित्र त्यो नामलाई प्राप्त गरेर अर्जुन बन्न सक्छौ । हामी त्यो नामलाई प्राप्त गरेर हनुमान बन्न सक्छौ प्रह्लाद र मिराबाई बन्न सक्छौ । त्यसको लागि हामीले कदम बढाउनुपर्नेछ । अघि बढ्नुपर्नेछ । भगवान त हामीलाई पुकारी रहनुभएको छ । तर हामी नै सुति रहेका छौ । कुम्भकर्नको निन्द्रामा निदाइ रहेका छौ । लाउडस्पिकर बजाए पनि, घण्टा बजाए पनि, केहि गरे पनि मानव मोह-निन्द्राबाट उठ्ने छैन  र जुन मानव जाग्ने छैन आफुलाई जान्ने छैन । त्यो जिउँदो हुदा हुदै पनि एक मुर्दाको समान हुनेछ । सो मानव एक लाश समान हो ।

 ( पुस्तक गुरु और शिष्यबाट साभार)

नयाँ