arrow

तरुण योद्धाको सम्झनामा फुटबल प्रतियोगिता

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ वैशाख १६ सोमबार
sport.jpg

कपिलवस्तु ।  नेपाल तरुण दल कपिलवस्तुले कपिलवस्तुका ४ स्विर्गीय  तरुण नेताहरुको स्मृतीमा क्षेत्रिय स्तरको नक आउट फुटबल प्रतियोगिता संचालन गर्न लागेका छन् ।

तरुण दलका पुर्व अध्यक्ष मुक्त्ती पोखरेल , राजेन्द्र पौडेल नगर सभापति राजेश सेन तथा जिल्ला सदस्य ओम प्रकाश वेल्वासेको स्मृतीमा बुद्ध रंगशालामा यही वैशाक १८ गते बाट फुटबल प्रतियोगिता संचालन गर्न लागेका छन् । कपिलवस्तुमा हालसम्मकै सर्वाधिक राशी राखीएको फुटबल प्रतियोगिता हुने भएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका चार जितपुरको उद्योग बाणिज्य सघंमा आयोजित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराइएको हो । देशभरबाट आठ समुहको सहभागिता रहने प्रतियोगिताको नाम प्रथम मुक्ती राजेन्द्र राजेश, ओम प्रकाश स्मृति खुल्ला नकआउट प्रतियोगिता दिइएको छ ।

तरुणलााई एउटा उचाई दिनुका साथै समाज निमार्णमा पुर्‍याएको योगदानको कदन गर्न प्रतियोगिता राखीएको तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका सभापति खोम बहादुर सिहं ठकुरी(शक्ति)ले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद रु दुई लाख पाउने छ भने द्धितिय हुनेले नगद एक लाख पाउने आयोजक तरुण दल क्षेत्र नः का सभापति तिलक थापाले बताए ।

 प्रतियोगितालाई सफल पार्न उनले सबैलाई आग्रह गर्दै प्रतियोगिताको सफलताको लागी देश बिदेशबाट सहयोग गर्नेलाई धन्यवाद समेत गरेका थिए । सो अवसरमा दर्जनौ पत्रकारका साथमा नेपाली काग्रेस नेता दोलक राम घिमिरे, तरुण दलका जिल्ला सदस्य राजन आले, क्षेत्रीय सचिव गोविन्द आर्चाय, नेपाल बिद्यार्थी सघंका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल लगायतको सहभागिता रहेको थियो ।

 प्रतियोगिता यही १८ गतेबाट २५ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको नेपाली कागे्रसका प्रवत्ता विश्वप्रकाश शर्माले गर्नेछन् । कार्यक्रम् सगं कपिलवस्तुको पर्यटकीय स्थलको पचार र प्रदेशको राजधानी कपिलवस्तु वनाउनको लागी समेत सहयोग मिल्लने आयोजकले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ