arrow

मुस्किलमा प्रीति जिन्टा, हैदरावाद अगाडि लाग्यो पंजाब रोकियो

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
punjab.jpg

काठमाडौं । आइपीएल टी–२० क्रिकेटमा बलिउड अभिनेत्री प्रीति जिन्टाको टिमम किंगस ११ पंजाब मुस्किलमा परेको छ । 

सोमबार राति भएको १२ औं खेलमा सनराइजर्स हैदरावादसंग ४५ रनले पराजित भएपछि पंजाब समस्यामा परेको हो । 

यो हारले पंजाबको प्लेअफ पुग्ने सम्भावना कायमै रहे पनि स्थिति कमजोर बन्दै गएको छ । 

१२ औं चरणको समाप्तिसम्म १६ अंकका दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंगस प्लेअफमा पुगिसकेका छन् । १४ अंकको मुम्बई इन्डियन्स तेस्रो स्थानमा रहेको छ भने सनराइजर्सको १२ अंक छ । 

कोलकाता नाइट राइडर्स, पंजाब र राजस्थान रोयल्सको १०–१० अंक छ । रोयल च्यालेन्जर्स बैंगलोरको ८ अंक छ । 

मंगलबार राति बैंगलोर र राजस्थान खेल्दैछन् । यो खेलमा जित हासिल गर्दा राजस्थानले प्ले अफ सम्भावना जिवितै राख्नेछ । हारले बाहिरिने छ । बैंगलोर बाहिरिइसकेको छ । 

हैदरावाद र पंजाबबीचको खेल
हैदरावादले पहिले ब्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा २१२ रन बनायो । ओपनर डेभिड वार्नरले ८१ रन बनाए । उनले २ छक्का र ७ चौकाको मद्धतले ५६ बलमा उक्त योगफल बनाएका हुन् । 

मनिष पान्डेले २५ बलमा ३६ रन बनाए । मोहम्मद शामी र कप्तान रविचन्द्रन आश्विनले २–२ विकेट लिए । 

जवाफमा पंजाब ८ विकेटको नोक्सानीमा १६७ रनमा समेटियो । लोकेश राहुलले ५६ बलमा ७९ रन बनाए भने मायांक अग्रवालले १८ बलमा २७ रन जोडे । 

रसिद खान र खलिल अहमदले ३–३ तथा सन्दीप शर्माले २ विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ