arrow

नागरिकता विवादले फेरि उल्झनमा परे राहुल गान्धी

नाम राहुल विन्ची, नागरिकता बेलायती 

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
rahul-gandhi.jpg

काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको नागरिकता विवाद फेरि उठेको छ । भारतीय जनता पार्टी भाजपाका नेता तथा सांसद सुब्रमन्यम स्वामीले गान्धीको नागरिकता बेलायतको रहेको दावी गरेका छन् । 

स्वामीको उजुरीपछि गृह मन्त्रालयले गान्धीलाई पत्रकाटेको छ । पत्रमा १५ दिनभित्र जवाफ दिन भनिएको छ । 

स्वामीले व्यङ्ग्य कस्दै सामाजिक संजाल ट्वीटमा भनेका छन्, ‘के गृह मन्त्रालयले आज मेरो उजुरीपछि नोटिस जारी गरेको हो ?’

राहुल गान्धीको नागरिकताको विषयलाई लिएर पहिले पनि सवाल खडा भएको थियो । उनले अमेठबाट चुनाव लड्न उम्मेदवारी दर्ता गर्दा आपत्ति जनाइएको थियो । 

उनको शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाएर निर्दलिय प्रत्यासी धु्रवलाल कौशलले उम्मेदवारी रद्द गर्न माग गरेका थिए । 

राहुलमाथि नामको समेत आरोप लगाइएको छ । उनको वास्तविक नाम राउल विन्ची हो भनेर समेत बताइएको छ र उनीसंग बेलायती नागरिकता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ