arrow

तेल खरिदकर्ता संगठन खोल्दै चीन र भारत

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
modi-xi-meet-2018.jpg

काठमाडौं । चीन र भारतले तेल खरिदकर्ताको समुह बनाउने भएका छन् । भारतीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार चीन र भारतले मोलमोलाईमा तेल खरिदको लागि सहकार्य गर्ने तयारी गरेका हुन् । यो सहकार्य एलपी ग्यास र कार्गो स्वापमा पनि लागू हुनेछ ।

अहिलेसम्म भारत र चीनको बीचमा ऊर्जाको सहकार्य भने भएको थिएन । यसले तेल बजारमा महत्वपूर्ण प्रभाव पार्नेछ । नयाँ समुह स्थापना भए दुई देशको मोलमोलाइ गर्ने क्षमतामा पनि परिवर्तन आउनेछ । 

यसबारे वार्ताका लागि गत अक्टोबरमा भारतीय पेट्रोलियम सचिवले चीनको भ्रमण गरेका थिए भने चिनियाँ अधिकारीले पनि गत साता भारतको भ्रमण गरेका थिए । 

चीन र भारत उल्लेख्य मात्रामा तेल आयात गर्ने गरेका छन् । चीन विश्वको दोस्रो ठूलो एलएनजी र कच्चा तेल आयातकर्ता हो । भारत पनि कच्चा तेलमा तेस्रो र एलएनजीमा चौथो ठूलो आयातकर्ता हो ।

अमेरिकाले भेनेजुयला र इरानमाथि लगाएको प्रतिबन्धको कारण अहिले विश्व तेल बजारमा आशंका पैदा भएको छ । साथै पेट्रोलियम पदार्थ निर्याकर्ता मुलुकको संगठन ओपेकले तेलको मूल्य बढाउन आफ्नो उत्पादन घटाउने निर्णय गरेको थियो । 

यस्तोमा यो समुहले उनीहरुको एकाधिकार घटाउनका महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने विश्लेषकहरुको भनाइ छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ