arrow

राष्ट्र बैंकले कार्यालय खोल्न भाडामा घर पाएन, फेरि जारी गर्‍यो सूचना

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
NRB.JPG

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर भाडाको लागि आह्वान गरेको सूचनामा घरभाडा दिनको लागि प्रस्ताव नआएपछि बैंकले दोस्रो सूचना जारी गरेको छ । गत चैत २७ गते जारी गरेको सूचना अनुसार प्रदेश नं ६ को सुर्र्खेतमा घरभाडा मागिएकोमा सोको लागि प्रस्ताव नआएपछि बैंकले फेरि सूचना जारी गरेको हो ।  मंगलबार राष्ट्र बैंकले सूचना जारी गरी ६ नं प्रदेशमा कार्यालयको लागि घर भाडामा दिन ईच्छुक व्यक्तिलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ । 

राष्ट्र बैंकले नेपालको प्रादेशिक संरचना अनुरुप यस बैंकलाई सबै प्रदेशमा पुर्‍याउने सन्दर्भमा प्रदेश ६ मा यस बैंकको कुनै कार्यालय नरहेको परिप्रेक्ष्यमा उक्त प्रदेश अन्तर्गत पर्ने सुर्खेत जिल्ला, विरेन्द्रनगर नगरपालिकामा उपयुक्त घर भाडामा लिई कार्यालय संचालन गर्न आवश्यक भएको प्रस्तावदाताहरुबाट प्रस्ताव आह्वान गरिएको छ । 

नेपाल राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (तेस्रो संसोधन समेत) को विनियम ९०(१) अनुसार घर बहालमा दिन ईँच्छुक व्यक्ति/फर्म/कम्पनी/सरकारी/गैर सरकारी/संघ/संस्थाहरुबाट निम्न विवरणहरु सहित प्रस्ताव पेश गर्न आव्हान गरिएकोमा पर्याप्त प्रस्ताव प्राप्त नभएकोले प्राप्त प्रस्तावलाई कायम नै राखी ईच्छुक प्रस्तावदाताहरुबाट पुनः प्रस्ताव पेश गर्न आव्हान गरिएको हो ।

सो विनियमावली अनुसार घर जग्गा भाडामा लिनु पर्दा काठमाडौं उपत्यका भित्रको विभाग/कार्यालयको हकमा राष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा र काठमाडौं उपत्यका बाहिरका कार्यालयको हकमा स्थानीय स्तरको पत्रिकामा कम्तीमा पन्ध्र दिन अवधिको सूचना प्रकाशित गरी घर भाडाको प्रस्ताव माग गर्नु पर्ने उल्लेख छ यो विनियमावलीको यो विनियममा कतिजनासम्मले कम्तिमा कोटेशन जारी गर्नुपर्ने ? भन्ने उल्लेख गरेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ